मंगलवार, 2 मार्च 2010

जातिवादी राजनीति गरिरेको आरोप लगाउँदै



विमल गुरूङले देखाए पवन चामलिङको नेपालको नागरिक प्रमाण-पत्र

कालेबुङ,2 मार्चः एक पत्रकार सम्मेलन बोलाएर मोर्चा अध्यक्ष विमल गुरूङले पत्रकारहरूलाई देखाए सिक्किमका मुख्य मन्त्री पवन चामलिङको नेपालको नागरिता रहेको प्रमाण-पत्र। उनले पहाड़मा सीआरपी हालिनुमा सबैभन्दा मुख्य हात पवन चामलिङको रहेको बताउँदै भने,मोर्चाको आन्दोलन बिगार्न पवन चामलिङ बङ्गालसित मिलेको छ। राजमार्गको बहानामा चामलिङले बङ्गालको खेमासित मिलेर पहाड़का जनतालाई संत्रासित गर्न सीआरपी हुलेका हुन्‌। चामलिङ भारतीय अनि गोर्खा हुन्‌ भने भारतभरिका गोर्खाहरूको चिन्हारी बनाउन भइरहेको आन्दोलनलाई सहयोग गर्थे तर उनले आन्दोलन बिगार्न जस्तो रणनीति अप्नाइरहेको छ यसले उनी भारतीय गोर्खा होइनन्‌‌‌ भन्ने कुरा प्रमाणित भइरहेको छ। उनी चामलिङ प्रति खनिँदै चामलिङले बङ्गालको गृहसचिवसित सभा गरेर पहाड़को शान्ति भङ्ग गरिरहेको बताउँदै भने,जोरथाङमा आएर सपोर्टको कुरा गर्छ तर दिल्ली गएर बिरोध गर्छ।अहिले बङ्गालसित मिलेर चामलिङले वार्ता विफल बनाउने रणनीति बनाएको छ। हामी भने मुद्दाको निम्ति राष्ट्रिय सहमति जुटाइरहेका छौं तर नजिकको हामीले हाम्रो मुख्यमन्त्री मानेको पवन चामलिङले भने दार्जीलिङ सिक्किमको सम्बन्ध बिगार्ने मात्र होइन मुद्दा बिगार्ने राजनीति गरिरहेका छन्‌। चामलिङले म मात्र गोर्खे मुख्यमन्त्री हुँ भन्ने घमण्ड गर्नु हुँदैन। म अनुरोध गर्छु उनले मुद्दा बिगार्ने रणनीति गर्नु हुँदैन। उनले चामलिङले जनताको आँखा छलेर राजनीति गरिरहेको आरोप मात्र लगाएन्‌ उनले चामलिङ नेपालको नागरिक रहेको प्रमाण पत्र समेत पत्रकारहरूलाई देखाए। उनले देखाएको चामलिङ नेपालको नागरिक रहेको प्रमाणपत्रमा नेपालको झापा बुधबारेको रहेको अनि दिनेश अधिकारीले दिएको अनि 2064/1/3 मिति पनि उल्लेख थियो। गुरूङले भने-चामलिङ मेची पारिको होइनन्‌ भने हाम्रो मुद्दालाई सपोर्ट गर्नु पर्छ तर उनी भारतका होइन्‌, जेरक्स मात्र हुन्‌, सिक्किमे होइनन्‌ भने बाधा दिँदा हुन्छ। उनले भोलि सिक्किमको राजनैतिक परिवेश बद्लिन सक्ने बताउँदै अझ भने-भोलि सिक्किम कसको भन्ने कुरा उठ्‌न सक्छ, सिक्किमे भोटिया,लेप्चाको कुरा आउन सक्छ। त्यतिबेला सिक्किममा अर्कै सिच्युएशन आउन सक्छ।त्यतिबेला दार्जीलिङको सहयोग चाहिन सक्छ। यसकारण चामलिङले मुद्दा बिगार्ने रणनीति गर्नु हुँदैन।टेबलमा आउन चहान्छन्‌ भने हामी तयार छौं। सिक्किममा पहाड़का 60 प्रतिशत मानिसहरू रहेको अनि सिक्किम र दार्जीलिङको रगतको साइनो रहेकोले यसलाई बँचाएर लाने कर्तव्य चामलिङको रहेको बताउँदै मोर्चाले चाहेको खण्डमा अप्ठ्यारोमा पार्न सक्ने बताउँदै उनले भने- हामी त्यस्तो ठाउँमा छौं जुनै बेला पनि घॉंटी समात्न सक्छौं। अहिले हामी त्यस्तो स्थितिमा छैनौं तर बाध्य गराइयो भने घॉंटी पनि पक्रिएको हुन्छौं। हामी सिक्किमको राजनीति डिस्ट्रब गर्न चहान्नौं। उनले पनि माटोको आन्दोलन बिथोल्ने काम नगरून्‌। हामीले राजमार्गमा गरेको आन्दोलन पहाड़को निम्ति मात्र होइन तर अभाग्यवस्‌ सिक्किम जाने बाटो हाम्रो भूमिमा पर्छ। यसकारण सिक्किमलाई वाधा भयो होला तर हामीले सिक्किमलाई बाधा पुर्‍याउन कार्यक्रम गरेका होइनौं। दिनहुँ पनि कार्यक्रम गरिरहेका छैनौं। बङ्गालले भन्दा पनि तीब्ररूपले मुद्दा बिगार्न चामलिङले जस्तोे रणनीति बुनिरहेको छ त्यो उचित होइन।यस्तो कुटनीति बन्द गरेको हुनुपर्छ। जातिवादी राजनीति गर्नु राम्रो होइन।

वार्ता शीघ्र नै हुनसक्छ-मोर्चा

कालेबुङ,2 मार्चः कालेबुङमा मोर्चाले बोलाएको पत्रकार सम्मेलनबाट नै विमल गुरूङले शीघ्र नै वार्ता हुन सक्ने सम्भावना व्यक्त गरेका छन्‌। आज दिल्लीमा फोनमार्फत सम्पर्क गरेर वार्ताबारे सोधखोज गरिएको बताउँदै उनले शीघ्रनै क्याविनेटको बैठक बसेर वार्ताको मिति तय गर्ने सुइँको आफूहरूले पाएको जानकारी गराए। उनले भने, वार्ता हुन नदिन सिक्किमका मुख्य मन्त्री पवन चामलिङ अनि बङ्गाल सरकार मिलेर रणनीति बुनिरहेको छ। सरकारले 54 दिनको समय मागेको थियो। यतिञ्जेल पर्खियौं। 6 फरवरी मियाद सकियो। आज फोन गर्दा शीघ्र नै मिति तयार गर्ने सम्भावना रहेको थाहा लागेको छ। दुइतीन दिन भित्र क्याविनेटको मिटिङ हुने भएको छ। हामी केन्द्रलाई सात-आठ दिन भित्रमा केन्द्रलाई पत्र पठाएर ढिल्याईंबारे सोध्नेछौं। केन्द्रले वार्ताबारे छिट्टो नै सोंचेको राम्रो। पहाड़को स्थिति बिग्रन सक्छ।

आज 18 मार्चको दिन वार्ताको मिति तय भइसकेको हल्ला फैलिएको भए पनि यसबारे मोर्चाको प्रवक्ता डा.हर्कबहादुर छेत्रीसित जान्न चहॉंदा त्यो अफवाह मात्र हुनसक्ने बताउँदै भने, अहिलेसम्म आधिकारिकरूपमा मोर्चालाई कुनै खबर आएको छैन। यसकारण यसविषयमा केही भन्न सकिन्न।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें