गुरुवार, 11 मार्च 2010

मीडियाकर्मीहरूमाथि भएको दुर्व्यवहारप्रति क्रामाकपाले जनायो आपत्ति




कालेबुङः 11 मार्च। एक विज्ञप्ती जारी गर्दै क्रामाकपा आञ्चलिक समितिका सचिव मोहन पौड्यालले दैनिक पत्र-पत्रिका अनि पत्रकारहरूमाथि भइरहेको दुर्व्यवहार अनि गोजमुमोद्वारा उनीहरूविरूद्ध गरिने टिप्पणीप्रति आपत्ती जनाएका छन्‌। गणतन्त्रको चौथो स्तम्भ मानिने समाचार माध्यमद्वारा नै राजनैतिक दलहरूले सङ्गठन विस्तार, प्रचार-प्रसार अनि दलीय सोच र उद्देश्य जनतामाझ राख्ने अनि जनताको आकांक्षा सरकारसमक्ष पुर्‍याउने हुँदा यसको संरक्षण अनिवार्य रहेको बेला मीडियामाथि राजनैतिक हस्तक्षेप हुनु गणतन्त्रको खिल्ली उडाउनु रहेको जनाउँदै पौड्‌यालले गणतन्त्रमा जनताले बोल्न पाउनु पर्ने बताएका छन्‌। विज्ञप्तीमा भनिएको छ-जनताले ठीक पहललाई समर्थन गर्न पाउन पर्छ। 86-मा पनि मुद्दाले जनसमर्थन पाएको हो। तर आँखा चिम्लेर समर्थन गर्दै गरिएको आन्दोलनले सबैलाई पछार्‍यो। त्यसबाट तंग्रिन 21 वर्ष लाग्यो। अहिले युग बद्लियो। त्यसैले हामी गणतान्त्रिक आन्दोलनलाई अघि बढ़ाइरहेका छौं।तर आन्दोलन ठीक दिशातिर गइरहेको छ के? कार्यक्रमले सरकारलाई झुकाइरहेको छ के? कि जनतालाई वाक्कव्याक्क पारेर आन्दोलन र मुद्दादेखि जनतालाई अलग्याइरहेको छ, सबैले शङ्‌का गर्न पाइनु पर्छ। यो उनीहरूको गणतान्त्रिक अधिकार हो। गणतान्त्रिक अधिकारको रक्षा गर्ने सञ्चार माध्यमलाई क्रामाकपाले अभिवादन गरेको छ। उनले क्रामाकपाले मीडियामाथि हुने हरेक अत्यचारप्रति घोर भर्त्सना गर्ने बताएका छन्‌। विज्ञप्तीमा 1998मा एक हैकमवादी दलले अन्तराष्ट्रिय न्यालय हेग-माथि सम्बन्धित लेख छापेको निहुमा सुनचरी बन्द गर्ने तालीवानी फरमान गर्दा क्रामाकपाले सड़कमा ओर्लिएर दैनिकलाई हरेक पाठकसम्म पुर्‍याएको कुरा पनि सम्झना गरिएको छ। समाज कति विकशित छ भन्ने कुरा आँक्न त्यसजातिको साहित्य अनि पत्रकारिताको गुणस्तरमा निर्भर गर्नु पर्ने भएकोले सञ्चार माध्यममाथि अवरोध गर्ने पक्षलाई सबै मिलेर बिरोध गरिनु पर्ने अनुरोध पनि गरिएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें