मंगलवार, 9 मार्च 2010

जनताले चाहे म जे पनि गर्छु


10 मार्च 2010 माथि गरेको पूर्व घोषणा स्मरण गर्दै विमल गुरूङले भने

मनोज वोगटी

कालेबुङ, 9 मार्चः 10 मार्च 2010 मा गोर्खाल्याण्ड ल्याउने कुरा मैले त्यसै भनेको थिइनँ। गोजमुमो अध्यक्ष विमल गुरुङले अर्बन जोन समिति गठनको निम्ति आयोजित जनसभालाई सम्बोधन गर्दै भने-त्यसबेलाको राजनैतिक परिस्थिति अनि मोर्चाले भाजपासित तालमेल गरेपछि, भाजपाले सत्ता आएको एक वर्षमा नै गोर्खाल्याण्ड राज्य निर्माण गर्ने जुन वचन दिएको थियो त्यसैको आधारमा मैले त्यो वचन दिएको थिएँ। तर हाम्रो अभाग्य भाजपा सत्तामा आएन।

अहिले विपक्षी दलका नेताहरूले सूट गरेर विमल गुरुङ मर्नुपर्छ भन्दैछन्‌। मुद्दा अनि देशको राजनैतिक परिस्थिति जनतालाई थाहा छ। सोही कुराहरू विचारेर मोर्चाले रणनीति बनाइरहेको छ। भोलि 10 मार्चको दिन जनताले चाहे म जे पनि गर्न सक्छु। गुरुङले भाजपा सत्तामा आएको भए आफ्नो वचन पूर्ण बताउँदै सत्तामा नआएपछि आफ्नो वचन पूरा नहुने भए पनि मोर्चाले गोर्खाल्याण्ड गठन गरेर नै छोड्ने प्रतिबद्धता आज पनि देखाए। उनले मोर्चाले संसदमा गोर्खाल्याण्ड पुर्‍याएको मात्र नभएर राजनैतिक वार्ता सम्ममा आफूहरू आइपुगेको अनि यी सबै गोर्खाल्याण्डकै निम्ति रहेको कुरा जनाए। गुरुङले अझ भने-मोर्चाको कार्यप्रणाली सबै ठीक छ। यदि मैले गोर्खाल्याण्ड ल्याउन सकिनँ भने मुद्दा कसैलाई सुम्पिएको हुन्छु। मोर्चासित एकसाएक नेताहरू छन्‌। उनले केवल जसवन्त सिंहसित मात्र होइन भाजपासित नै मोर्चाको सम्बन्ध गाढ़ा रहेको अनि भाजपाले पनि गोर्खाल्याण्डको निम्ति कार्य गरिरहेकै जनाए। उनले भने-विपक्षीले आरोप लगाउँदैछ, तर भोलि रिपोर्टको खुलासा भएपछि राम्रो रहेछ भने धन्यवाद पनि भन्छौ के त। उनले चौथो वार्तामा सरकारी पक्षबाट 55 वटा विभाग, पावरफूल प्याकेज लिएर आएपनि मोर्चाले दुत्कारेपछि केन्द्रले मोर्चाको चाहना बुझेकोले गुप्ती रिपोर्ट पठाएको कुरा बताए। विपक्षीले बारम्बार 10 मार्चको दिन सुट गर भनेर भन्ने गरेको कुरालाई बारम्बार दोहोर्‍याउँदै 10 मार्चको दिन डम्बरचौकमा बस्ने अनि जनताले चाहे जे पनि गर्ने कुरा पनि दोहोर्‍याए।

उनले भने-सबै कुरा बुझेर नै रिपोर्ट पठाएको हो। मान्छ भन्ने छैन तर यदि त्यसमा मान्नुपर्छ भने हामीले दिएको रिपोर्टमा उल्लेख गरेको सबै कुरा हुनुपर्छ, नत्र हामी मान्नेछैनौं। दागोपाप र छैटौं अनुसूचीको कुरा गर्नेहरूलाई तोक्दै उनले भने-मोर्चाले टेरीटोरी समेत मानेन। के को दागोपाप र छैटौं अनुसूची?

पत्रिकालाई काट्‌ने पत्रिका चाहिन्छ

मोर्चालाई गलत रूपमा प्रस्तुत गर्न खोज्ने एक दैनिकप्रति गुरुङ बम्किए। उनले भने-पत्रकारहरूले चॉंहिदो लेख्नुपर्छ। याद राख्नु केन्द्रले मोर्चाको सेटअप मानेपछि त्यसमा पत्रिकालाई हामी बिचार्छौं। पेपरलाई काट्‌न पेपर नै चाहिन्छ। के गर्नुपर्छ गरौंला। तर मोर्चालाई गलत बनाउने कोशिश गर्नु राम्रो होइन। लेख्ने अधिकार सबैलाई छ तर ठीक र सत्य लेख्नुपर्छ।

वार्तामा अरू दललाई बोलाएन-अमर लामा

केन्द्रलाई पहाड़, तराई अनि डुवर्समा केवल मोर्चासित मात्र जनता छ भन्ने कुरा थाहा भएको कारण यस पल्टको वार्तामा पनि मोर्चालाई मात्र बोलाएको कुरा अमर लामाले यसै जनसभालाई सम्बोधन गर्दै भने।उनले भने-मोर्चाले नै गोर्खाल्याण्डको मुद्दा अघि बढ़ाइरहेको छ। यसैले वार्तामा मोर्चालाई मात्र बोलाएको छ। विपक्षीहरूले मोर्चा छैटौं अनुसूचीमा मिल्दैछ भन्ने जुन आरोप लगाइरहेका छन्‌ त्यसैलाई लक्ष्य गर्दै भारत सरकारले 14 औं लोकसभा चुनाउसित नै छैटौं अनुसूची सकिएको कुरा याद राख्नपर्ने पनि उनले बताए। कोठामा बसेर एक्लै बोल्ने मदन तामाङलाई उनले ड्रइङ रूम पोलिटिशियन-को संज्ञा पनि दिए।

13 मार्च रूढ़ीले प्राइभेट मेम्बर बील ल्याउने छन्‌ःडा. छेत्री

यसै जनसभालाई सम्बोधन गर्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले अन्तरिम सेटअप 2011 सम्म मात्र किन भन्नेहरूलाई लक्ष्य गर्दै भने-उनीहरूलाई देशको राजनीति नै थाहा छैन। जसवन्त सिंहले 2011 सम्म केही हुँदैन भनेर पहिल्यै भनिसकेका हुन्‌। केन्द्रलाई जबसम्म सुविधा हुँदैन तबसम्म राज्य गठनको वातावरण बन्दैन। यसैलाई बुझेर मोर्चाले रणनीति बनाएको हो। उनले गोर्खाल्याण्डको निम्ति केन्द्रमा वातावरण हुनुपर्ने बताउँदै वातावरण बन्ने बित्तिकै उचित बेला यसलाई पारित गराउने पदक्षेप लिइने उनले जनाए। अन्तरिम भनेको अस्थायी रहेको कुरा विपक्षीले नबुझेको बताउँदै उनले भने-मोर्चाले मुद्दा बेचेको भए यत्रो तमासा लगाउँदैन थियो। 13 मार्चको दिन भाजपाका राजीब प्रताप रूढ़ीले राज्य सभामा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याउनेछन्‌। यो किन ल्याइनु दागोपाप र छैटौं अनुसूचीमा मोर्चाले मुद्दा बेचेको भए?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें