गुरुवार, 11 मार्च 2010

गुप्ती रिपोर्ट खुलासा गर्ने दिन नै वार्तामा बस्ने मोर्चा टोलीको पनि खुलासा गरिने


कालेबुङः 11 मार्च। एकपत्रकार सम्मेलनमार्फत गोजमुमो सहसचिव विनय तामाङले मोर्चाले गुप्ती रिपोर्ट 15 मार्चको दिन डेलोमा 11 बजी क्षेत्रिय अनि राष्ट्रिय मीडियाअघि खुलासा गर्ने जनाएका छन्‌। उनले सोही दिन नै वार्तामा वस्ने मोर्चा टोलीमा को को सामेल हुनेछन्‌ भन्ने कुराको पनि खुलासा गरिने जनाए। दुवै कुराको खुलासा गर्ने दिन मोर्चा अध्यक्ष विमल गुरूङ,अन्मोल प्रसाद, डा.हर्कबहादुर छेत्री, अमर लामा, विनय तामाङ, डा.रोहित शर्मा लगायत कालेबुङ, खर्साङ, सिलगढ़ी, डुवर्स, दार्जीलिङका जोनल कमिटी, नारी मोर्चा, युवामोर्चा तथा सम्पूर्ण भातृसङ्गठनका प्रतिनिधिहरू पनि रहने जनाएका छन्‌। उनले सुकना काण्डमा पक्रा परेकाहरूमध्ये 12 जनालाई रिहाइ गरिएको अनि रहल 6 जनालाई पनि शीघ्र रिहाइ गरिने बताउँदै शुक्रबारदेखि सामूहिक पक्राउको कार्यक्रमलाई स्थगित गरिएको पनि बताए। उनले नारी मोर्चा कोर कमिटीमा कालेबुङकी तारा लोहार लेप्चालाई लिइएको पनि जनाएका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें