गुरुवार, 11 मार्च 2010

गुरूङले आफ्नो इमान्दारिताको परिचय दिएका हुन्‌-डा छेत्री




कालेबुङः 11 मार्च। मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले लिचि ग्राउण्डमा भएको हिजोको घटनाद्वारा मोर्चा अध्यक्ष विमल गुरूङले उनी कति इमान्दार छन्‌ भन्ने कुरा प्रमाणित गरेको जनाएका छन्‌। उनले मोर्चा अध्यक्ष विमल गुरूङले 10 मार्चको दिन गोर्खाल्याण्ड ल्याउने, नल्याए सुट गर्ने बताएकै भए पनि भाजपा सत्तामा नआएकोले बचन पूर्ण हुन नसकेको तर मोर्चाले गोर्खाल्याण्ड ल्याउनकै निम्ति प्रशस्त कार्य गरिरहेको जनाउँदै भने-अध्यक्ष गुरूङलाई हिजो विहानदेखि नै फोनहरू आइरहेको थियो। उनी बिहानैदेखि भावुक थिए। जनसभामा उनी बोल्दै जॉंदा उनी भावुक प्रवृतिको भएको कारण भावुक बनेर त्यसप्रकारको अप्रत्यासित घटना भयो। उनले राजनीति होइन आन्दोलन गरिरहेका छन्‌। मोर्चाले गोर्खाल्याण्डको निम्ति गोरामुमोले तीनवर्षमा नगरेको काम तीस महीनामा जतिपनि कार्य गरिरहेको छ त्यसको कुनै मुल्याङ्‌कन नगरेर केवल 10 मार्चलाई मात्र हेर्छ भने अनि जनताले चहान्छ भने आफ्नो बचन पूरा गर्न,आफ्नो इमान्दारिता प्रमाणित गर्न चहॉंदा त्यसतो घटना भयो। मलाई राष्ट्रिय मीडियाले घटनाबारे प्रशस्त सोधखोज गरे। मैले अफवाह मात्र बताएँ। तर घटना भएको हो अनि मैले हो भनिदिएको भए यहॉं ल एण्ड अर्डर उपार्जन हुनेथियो। हिजो एउटा दुर्घटना हुनबाट जोगियो। उनलाई नरोकिएको भए उनी आज हुनेथिएनन्‌। उनले आफ्नोे इमान्दारिता देखाए, त्यसको प्रमाण दिए। उनले विमल गुरूङ केवल विमल गुरूङ मात्र नरहेर गोर्खाहरूको अनुहार रहेको बताउँदै विमल गुरूङ सकिए आन्दोलन नै सकिने बताउँदै भने-मोर्चाले गोर्खाल्याण्डको निम्ति जति काम गरेर जहॉंसम्म पुगेका छौं अब त्यसबाट पछि फर्किन हामी चहान्नौं। हामीले सङ्‌कल्प गरिसकेका छौं। गोर्खाल्याण्ड गठन गरेर नै देखाउने छौंैं। जसले आन्दोलनको नाममा सिन्का पनि भॉंचेका छैनन्‌, जसले केवल टिप्पणी गर्नु अनि नराम्रो मात्र देखाउनुलाई राजनीति मानेर कुवामा बसेका छन्‌ यस्ताहरूले गरेको टिप्पणीलाई प्राथमिकता दिएर यत्रो आन्दोलनलाई इतिश्री गर्न मोर्चाले चहॉंदैन। उनले मोर्चा अध्यक्ष रहेमात्र मुद्दा रहने कुरा अघि राख्दै विमल गुरूङको चिरायुको निम्ति मोर्चाले सर्वधर्म प्रार्थना गर्ने पनि जनाए। एकातिर मुद्दाको निम्ति यत्रो कार्य गर्दा पनि, यत्रो उपलब्धी हासिल गर्दा पनि यसलाई उपलब्धी मानिदैन भने जीवन नै अन्त गर्ने नेतृत्व छ अनि अर्कोतिर केवल टिप्पणी मात्र गरेर मोर्चाले गर्दै गरेको कार्यमा बाधा दिने, अनावश्यक टिप्पणी गरेर आन्दोलनलाई बाधित गर्नेहरू छन्‌। जनताले यसको मुल्याङ्‌कन अवश्यनै गर्छ-उनले भने।

म माफी चहान्छु-डा.छेत्री

आज मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले लिचि ग्राउण्डमा पत्रकारहरूमाथि भएको अभद्र व्यवहारलाई सही नमानिने बताए। मोर्चाले प्रेस स्वतन्त्र राखेको अनि सधैँ राख्ने, यदि पत्रकारहरू असुरक्षित हुन्छ भने मोर्चाले उनीहरूको सुरक्षाको जिम्मा पनि लिने बताउँदै भने-तर पत्रकारहरूले स्वतन्त्रताको मात्र होइन जिम्मेवारी पनि बुझेको हुनुपर्छ। हिजो जे पनि भयो यसको निम्ति म माफी माग्छु। उनले पत्रकारहरू पूर्वाग्रहले ग्रसित हुनु नहुने अनि यस्तो देखियो भने उनीहरूको सुरक्षाको निम्ति केही गर्न नसकिने बताउँदै भने-प्रेस भनेको सत्य तथ्य अघि ल्याउने, कुनै पूर्वाग्रह नभएको, बोल्न नसकेकाहरूको आवाजलाई निकाल्ने हुन्छ जसको हामी कदर गर्छौ। तर यहॉं त आवाजको आवाज दबाइने कार्य गर्छ, यस्तो हुनु भएन। दलमाथि दुर्भावना बोक्ने आशयको समाचार सम्प्रेषण भएमा उसको पक्षमा बोल्न नसकिने बताउँदै मोर्चाले सॉंचो पत्रकारितालाई सधैँ बँचाएर राख्ने अनि मोर्चाको पक्षबाट यदि यस्ता पत्रकारहरूमाथि कुनै दुर्व्यवहार भए उसलाई कार्वाही गर्ने अनि पत्रकारको सुरक्षाको जिम्मा लिने पनि जनाए। पत्रकारहरूले जसको कुनै जनाधार नै छैन, जसले कसैको प्रतिनिधित्व नै गर्दैन यस्ताहरूलाई महत्व दिने तर जसको जनाधार छ उसको टिप्पणीहरूलाई गलतरूपमा प्रस्तुत गर्ने कार्य भने उचित नहुने कुरा पत्रकारहरूले पनि बुझ्नुपर्ने ,प्रेस स्वतन्त्रतासित नै दायित्व पनि पत्रकारले बुझ्नु अनिवार्य रहेको उनले जनाए।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें