सोमवार, 8 मार्च 2010

महिला लघु वित्तिय सेवा केन्द्र


काकृकसंको महिला दिवसको उपहार

कालेबुङ, 8 मार्चः दार्जीलिङमा कृषि अनि कृषकहरूको आर्थिक उन्नयनको निम्ति जैविक क्रान्ति गरिरहेको कालेबुङ कृषक कल्याण सङ्गठनले आज महिला दिवसको उपलक्ष्यमा कालेबुङमा स्थापना गर्‍यो कल्याणी महिला लघु वित्तिय सेवा। आईसीएआर प्रिन्सिपल साइन्टिस्ट डा. के.बी. पुनले रिबन काटेर यस केन्द्रको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा एसजीएसका जैविक निरीक्षक कुन्तल शाहा अनि सेन्ट्रल ब्याङ्‌क कालेबुङका प्रबन्धक के.एस. थापाको पनि उपस्थिति रहेको थियो। सङ्गठनका सचिव विष्णु छेत्रीले भने-भारत सरकारको प्राकृतिक सम्पदा प्रबन्धन अन्तर्गत रहेको छत्रपरियोजना मार्फत यो केन्द्र स्थापित गरिएको हो। उनले पहाड़भरिका कृषक महिलाहरूको आर्थिक उन्नयनको निम्ति केन्द्रले वित्तिय सहयोग गर्ने बताए। मुख्यगरी खेतीपातीमा महिला कृषकहरूलाई केन्द्रित गराएर आर्थिक उपार्जनको बाटो खुलाउन वित्तिय सेवाको स्थापना गरिएको जनाउँदै अलैंची, साग-सब्जी, सुन्ताला, पशुपालन, गनेउलाको खेती, औषधीय वनस्पतिको खेती, फूल, मौरी पालन गरेर आर्थिक उपार्जन गर्ने महिला कृषकहरूलाई एक लाख रुपियॉंसम्म वित्तिय सहयोग केन्द्रले गर्नेछ। छेत्रीले जनाए अनुसार नारीहरूलाई लिएर कुनै उचित उचित योजना रहेको कारण नै केन्द्रको स्थापना गरेर महिला कृषकहरूलाई आत्मनिर्भर बनाउने सङ्गठनको योजना हो। यसै अवसरमा आज सङ्गठनका सदस्य लीना तामाङलाई पनि सङ्गठनले विदाई जनायो। तामाङलाई प्रशस्ती पत्र अनि स्मृति चिह्न प्रदान गरियो। लीना तामाङ यस अघि सङ्गठनसित सम्बद्ध थिइन्‌ भने अहिले अलगढ़ा सेन्ट्रल ब्याङ्‌कमा नियुक्त भएर गएकी छन्‌। यसै अवसरमा रङ्गली, नयॉं बस्ती, पङ्‌खासरी, मगरजुङ मन्सोङ, शान्तिधुरा, अप्पर, लोवर कोलबोङ, लोवर लिङतेन, समालबोङ, अप्पर समालबोङ, सिरिसे, लोवर सोम, पेमलिङ अनि अप्पर नेजी कृषक सङ्घको उद्घाटन पनि गरियो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें