बुधवार, 10 फ़रवरी 2010

विद्यार्थीहरू पहाड़ नआउँदा सरकारलाई होइन पहाड़लाई नै नोक्सान

कालेबुङ, 10 फरवरीःविद्यार्थी मोर्चाले पहाड़को राजनैतिक अस्थिरतालाई ध्यानमा राख्दै बाहिरका विद्यार्थीहरूलाई पहाड़ नआउने जुन घोषणा गरेको छ त्यसमाथि व्यापक प्रतिक्रिया देखापरेको छ।
अहिले पहाड़मा राजनैतिक माहौल राम्रै रहेको भएपनि विद्यार्थी मोर्चाले यसप्रकारको घोषणामा एकप्रकारले भयको सङ्‌केत पाइएको मानिसहरूले बताएका छन्‌। न त पहाड़मा कुनै आतङ्‌क छ न त गतिलो राजनैतिक कार्यक्रम नै तरै पनि विद्यार्थी मोर्चाले बाहिरका विद्यार्थीहरूलाई पहाड़ अहिले नै नआइदिने जुन आह्वान गरेको छ यसले पहाड़मा कुनै भयकारी स्थिति पो आउने हो कि भन्ने शङ्‌का गरिन थालिएको छ। विद्यार्थी मोर्चाले सिलगढ़ीमा विद्यार्थी अनशनकारीहरूलाई जुन अत्यचार गरेको छ त्यसको प्रतिवादमा गोजविमोले विभिन्न कार्यक्रमहरू गर्न सक्ने जसको कराण शैक्षिक संस्थानहरू पनि प्रभावमा रहने भएकोले होस्टेल बसेर पढ्ने तथा बाहिरबाट आएर पढ्‌ने विद्यार्थीहरूलाई अहिले नै पहाड़ नल्याइदिने आशयमा यसप्रकारको आह्वान गरिएको भए पनि अहिले भर्नाको सिजन चलिरहेकोले यसप्रकारका आह्वानले पहाड़को शैक्षिक व्यापारमा व्यापक हानी हुनसक्ने शङ्‌का गरिन थालिएको छ। पहाड़मा बाहिरबाट पढ्न आउने गरेको कारण नै स्कूल राम्ररी सञ्चालन भइरहेको छ भने सानोदेखि उच्चस्थ व्यापारीहरू समेत उनीहरूबाट लाभान्वित हुने गरेको कारण वर्षमा पहाड़ले करोड़ौंको आम्दानी गर्ने माध्यम नै धराशयी हुनसक्ने अनुमान गर्न थालिएको छ। मानिसहरूले विद्यार्थी मोर्चाले जति नै कार्यक्रमहरू गरेपनि त्यो जनपीड़क तथा पहाड़को अर्थनीतिमा हानी पुर्‍याउने हुनु नहुने मानिसहरूको भनाइ सुनिएको छ। उनीहरूले सोझै सरकारलाई असर पुग्ने अरू नै माध्यम अप्नाएर राजनैतिक कार्यक्रम गरिए त्यो विद्यार्थाीहरूको बुद्धिमत्ता हुने पनि बताउन थालेका छन्‌। धेरैवटा स्कूलहरूसित सम्पर्क गर्दा आफूहरू पनि गोर्खाल्याण्डको निम्ति समर्पित नै रहेको अनि पहाड़का सबै विद्यार्थीहरू पनि आन्दोलनमा सरिक बनेको तर आफ्नै कार्यक्रमहरूले आफ्नै हानी हुने देखिए पनि आलोचना अनि सल्लाह गर्ने प्रवृति कसैमा नभएको तथा यस्तो भएन भन्दा आन्दोलनको विरोध गरेको बुझिदिने भय रहने कारणले चपचाप बस्नु परेको बताएका छन्‌। हुन पनि पहाड़ प्रशिद्ध छ भने यहॉंको शैक्षिक स्तरको कारण पनि छ। यहॉं सिक्किम, नेपाल, भूटान मात्र होइन अन्य देशहरूबाट पनि विद्यार्थीहरू आउँछन जो पहाड़को आर्थिक आम्दानीका आधारहरू हुन्‌। त्यसैलाई नष्ट पार्ने किसिमका कार्यक्रम पहाड़को हितको निम्ति उचित नहुने यसै पनि स्पष्ट छ।
bogati_hd08@yahoo.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें