बुधवार, 10 फ़रवरी 2010

पहाड़लाई आँटा होइन चारो

कालेबुङ,10 फरवरीः पहाड़मा राशिन वितरण प्रणालीमा सरकारी सम्बन्धित विभागले देखाएको अन्यायपरक व्यवहारप्रति माकपा अनि गोरामुमो-सीले व्यापक विरोध जनाएको छ। बङ्गाल सरकारले पहाड़लाई प्रदान गर्ने सरकारी सेवाहरूमा गर्ने अन्यायहरू हजारौं छन्‌। तर ती अन्यायको विरूद्ध आवाज उठाउनेहरू नगन्य नै छन्‌। माकपा अनि गोरामुमो-सीले यस्ता आधारभूत समस्याहरूलाई लिएर वारम्बार आवाज उठाउँदै आइरहेको छ। पहाड़मा बॉंड़िने राशिन वितरण प्रणालीमा मालिक पोष्याउने पद्धति आलम्बन गरिए आरोप लगाउँदै माकपा नेता तारा सुन्दासल हिजो आफूहरूले सिलगढ़ीमा अतिरक्त जिल्ला खाद्य नियन्त्रक एस.के.वर्मनसित भेट गरेर पहाड़का गरीबहरूलाई रासिन वितरणमा गरेको अन्यायबारे अवगत गराएको बताए। उनले भने-एउटै राज्यमा सरकारले राशिन वितरण प्रणालीमा विभेद्पूर्ण नीति किन अप्नाउँछ? यहॉं हेर्नुहोस्‌ भन्दै उनले पत्रकारहरूलाई विभागले गरेको अन्यायपरक व्यवहारको उदाहरण देखाए। सिलगढ़ीमा बॉंड्ने राशिनको प्याकेट देखाउँदै उनले भने-कहिले प्याकेजिङ गरिएको हो, कति भिटामिन छ, कति पोलिसएसिड छ कति आइरन छ भन्ने कुरा उल्लेख गरिएको फर्टिफाइड होलमिल आँटा सिलगढ़ीमा बॉंड़िन्छ भने पहाड़मा बोरामा त्यो पनि कहिले प्याकेजिङ गरिएको, कति भिटामिन छ भन्ने कुराहरू केही उल्लेख नगरिएको भूसैभूस भएको, विभिन्न हानीकारक तत्व मिसाइएको आँटा बॉंड़िन्छ। यो के हो? यो त सुङ्‌गुरको चारो हो। के सरकारले पहाड़का गरीबहरू चारो खाने जाती हो? उनले सिलगढ़ीमा सरकारी राशिन गुणवत्ता नियन्त्रक प्रलय दासलाई पनि निम्त्याइएको अनि उनले पनि पहाड़मा अन्याय भइरहेको स्वीकार गरेको भए पनि उनले भने- स्वीकार मात्र गरेर हुँदैन। व्यवहारिकतामा आएको हुनुपर्छ। भएन भने हामी चुप लागेर बस्नेछैनौं। उनले विभागले पहाड़मा दिने राशिन पिँध्ने काम पनि मालिकलाई दिएर नाफा खाइरहेको बताए। उनले भने-अबोप्रान्त पहाड़मा आँटा होइन गहूँ नै बॉंड्नु पर्छ। त्यो गहूँ पिस्ने काम पनि पहाड़कै बेेरोजगारहरूलाई दिनुपर्छ। यसो गर्दा मालिक होइन वेरोजगारहरूको निम्ति रोजगारको अवसर निर्माण हुनेछ। दुइएकलाई पोष्याएर चलाउने गरीबीमारा नीतिमाथि माकपा र गोरामुमो-सीले जुन विरोध गरिरहेको छ पहाड़को निम्ति नितान्त व्यवहारिक कुरा देखिएको छ। सन्दासले जुन आँटा पत्रकारहरूलाई देखाए त्यसमा 70 प्रतिशत नै भूस देखिन्थ्यो। सुन्दासले भूसबाहेक अर्थोक पनि आँटामा मिसाइएको पनि देखाए भने पहाड़मा जुन बोरामा ल्याएर आँटा बॉंड़िन्छ त्यो नितान्त अस्वस्थ रहेको छ। मेमो संख्या 720(2) डीटी 11.8.2003 अनुसार राज्य सरकारले दिएको आदेशमा पोलिव्यागमा स्वस्थ्य आँटा बॉंड्नु पर्ने उल्लेख गरिएको भए पनि निकायले त्यसको उल्लङ्घन गरेको उनले बताए। उनले भने-पहाड़का मानिसहरू सोझो छ भनेर सरकारी विभागले शोषण गरिरहेको छ। मुुख्य गरी खाद्य निरिक्षकले पहाड़प्रति अन्यायपूर्ण व्यवहार गरेको आरोप उनले लगाए। जुन वितरण प्रणाली छ त्यसमा मालिकहरूलाई नाफा खुवाउने उद्देश्य मात्र रहेको स्पष्ट रहेको उनले बताए। अहिले पहाड़मा राशिन कार्ड हुनेहरूको संख्या 3,93,490 रहेको छ भने एक जनालाई 7 सय ग्रामको हिसाबमा विरतण गरिने आँटामा जुन मिसावट देखिन्छ त्यसले नाफाखोरहरूले पहाड़को राशिनबाट प्रशस्त नाफा खाइरहेको पत्तो लागेको छ। राशिन कार्ड हुनेहरूलाई मोठ दुइलाख 75 हजार 4 सय 43 किलो आँटा बॉंड़िन्छ भने त्यसमा एक लाख 92 हजार 810 किलो भूसमात्र रहने अनि 82 हजार 633 किलोमात्र आँटाको अनुपात रहने तथ्य अघि आउँछ। यस्तो आँटा वितरण प्रणालीको बिरोध हरेक नागरिकले गर्नु पर्ने उनले अझ बताएका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें