गुरुवार, 25 फ़रवरी 2010

कालेबुङ नागरिक अधिकार मञ्चले सोध्यो मोर्चालाई

अनुशासनहीनताको कारण के हो?

कालेबुङ, 23 फरवरीः गोजमुमोलाई निक्कै नजिकबाट परख गर्दै आइरहेको कालेबुङ नागरिक अधिकार मञ्चले मोर्चामा देखापरिरहेको कार्यशैलीमा विचलन, जनपीड़क कार्यक्रम, कार्यक्रमहरूमा देखिएको लचिलोपन,अनुशासनहीनता अनि मोर्चाले उपार्जन गरेको अन्योलताबारे मोर्चालाई सोधखोज गर्‍यो। ठाकुरबाड़ीको शनी मन्दिर सभागृहमा मोर्चा प्रतिनिधिहरूसित एक अन्तरक्रियात्मक भेटघाट गर्दै मञ्चका कार्यकर्ताहरूले पर बसेर अनुभव गर्दै आइरहेको मोर्चाको हानिकारक कार्यव्यवहारबारे जायजा लिँदै उपयुक्त सुझाउहरू पेश गर्‍यो। यस भेटघाटमा मञ्चको पक्षमा अध्यक्ष एन.पी दिक्षीत, संयोजक जे.एन.प्रधान, कोरकमिटी प्रतिनिधिहरू नारायण गजमेर, के.के.दिक्षीत, पी.के.प्रधान, सी.के.प्रधान, पी.टी.शेर्पा, संयोगिता सुब्बा, शिक्षाविद् पी.आर.प्रधान, शमशेर अली लगायत अन्यको उपस्थिति रहेको थियो भने मोर्चा पक्षबाट मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्री,कल्याण देवान, देशभक्त सुब्बा, तोपदेन भोटियाले उपस्थिति दिएका थिए। मञ्चका प्रतिनिधिहरूले अधिकार मञ्चले मोर्चालाई कसरी हेरिरहेको छ भन्ने कुरा अवगत गराउँदै मोर्चामाथि सबैको आस्था रहेको भएपनि मोर्चाले पारदर्शी कार्यशैली नअप्नाइरहेको, दादागिरी, अनुशासनहीनता, कार्यकर्ताहरूले मनोपोली, महकुमा कमिटीमा ग्रुपिज्म, कार्यक्रमहरूमा खेलाईंची देखिएको अवगत गराउँदै मुद्दा जनताको भएको कारण जुनसुविधा अनि जनाकांक्षा मूलक कार्यक्रमहरू हुनुपर्ने अवगत गराए। उनीहरूले मोर्चा आफैले सबै कुराको निर्णय नलिएर आमसहमति जुटाउँदै, जनतामा पारदर्शी व्यवहार देखाएर निर्णयहरू लिए असफल हुने सम्भावना नरहने पनि जनाए। मञ्चले मुद्दालाई फाइदा हुने अनि कार्यक्रम प्रभावकारी हुने अनेक लिखित सुझावहरू पेश गरेपनि अहिलेसम्म त्यसको कुनै जवाब नदिएको कारण मोर्चामा बुजुर्गहरूबाट सल्लाह लिने संस्कार नदेखिएको अनि मनपरि कार्यक्रमहरू गरेर मोर्चा आफैले जनताको आत्मविश्वासमा चोट पारिरहेको कुरा पनि अवगत गराइएको थियो। कार्यक्रमहरू गर्नु अनि त्यसको कुनै उपलब्धी नभइ फिर्ता लिनु, कार्यक्रम बनाउँदा त्यसले गर्ने फाइदा अनि हानीहरूबारे कुनै पर्वाह नगरिनु, मनपरि घोषणाहरू गर्नु अनि त्यसलाई कार्यरूप नदिइनु, बोल्दा कुराको गरिष्टताको ख्याल नगरिनु जस्ता स-साना कुराहरूको कारण मोर्चाले सचेतवर्गबाट विश्वास हराउन सक्ने जस्ता कुरामा सचेतता नदेखाइनु दोषहरू देखिएको मञ्चका अघिकारीहरूले आफ्नो तरिकाले मोर्चा प्रतिनिधिहरूलाई बताए। मोर्चा पक्षबाट डा.हर्कबहादुर छेत्रीले शुरूवाती क्षणमा मोर्चाले एकैचोटी धेरै कार्यक्रमहरू गर्नु परेको कारण साङ्गठनिक एकबद्धता, अनुशासन, कार्यनीति, कौशलगत व्यवहार देखाउने मौका नपाएको कारण, अनि मोर्चा कलिलै भएको कारण अनि केन्द्रियस्तरमा कार्यगर्नु परेको कारण मोर्चाबाट धेरै भूलहरू भएको हुनसक्ने बताउँदै अहिले मोर्चाले यी नै कुराहरूलाई बलियोगरी निर्वहन गराउने पक्षमा ध्यान दिइरहेको बताए। उनले अहिले मोर्चालाई यस्ता स्वस्थ सुझावहरूको आवश्यक्ता रहेको अनि मञ्चले पनि आफ्नो सुझाउहरू दिएर मोर्चालाई अनि मुद्दालाई बलियो गराउन सहयोग गर्ने मोर्चाले अपेक्षा गरेको पनि बताए

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें