सोमवार, 15 फ़रवरी 2010

कार्यक्रम सिलगढ़ी, तराई, डुवर्समा हुनुपर्छ - प्रधान

कालेबुङ,15 फरवरीः गोर्खाल्याण्डका आन्दोलनकारीहरूलाई अन्तरिममा अल्झाएर राखेको बताउँदै गोरामुमो-सीका अध्यक्ष कर्णल डी.के.प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भने, मोर्चाले अघि गोर्खाल्याण्डको आन्दोलन अन्तिम हो भन्थे तर अहिले अन्तिम होइन अन्तरिम आन्दोलन जस्तो देखिएको छ। मोर्चालाई मोर मणि दिएर त्यसको दुरूपयोग गर्न लगाउन मोर पावर दिने षड़यन्त्र भइरहेको छ। उनले मोर्चा अन्योलमा पर्न नहुने बताउँदै भने, मोर्चालाई केन्द्रले गोर्खाल्याण्ड दिन्छु भनेको छ र अन्तरिमको कुरा गरिरहेको छ? पहिले गोर्खाल्याण्डको कुरा पक्का हुनुपर्छ अनि मात्र अन्तरिमको कुरा हुनुपर्छ। जनतालाई लट्याउने किसिमको कुरा गर्दै अन्तरिम थाप्न तम्सिनु ठीक होइन। उनले दागोपाप केन्द्रले चाहेको खण्डमा त्यस्तो वाधा नरहेको बताउँदै भने-दागोपाप अहिलेको प्रशासनिक व्यवस्था भएर बसेको छ। त्यो त्यतिबेला हट्‌छ जतिबेला गोर्खाल्याण्डको कुरा पक्का हुन्छ। तर अहिले नै त्यसलाई नष्ट गरेर फेरि त्यस्तै अर्को प्रशासनिक व्यवस्था बहाली गर्नु भनेको के हो? यसको अर्थ हो फेरि 20 वर्ष त्यसैमा बस्नु। उनले मोर्चाले भन्ने गरेको 2011को चुनाउसम्मको निम्ति अन्तरिम व्यवस्था बहाली गर्ने कुरा पनि अन्योलपूर्ण रहेको बताउँदै भने-2011 भनेको बाह्र महीना मात्र हो। के विधानसभा चुनाउपछि भने गोर्खाल्याण्ड हुन्छ त? उनीहरूको कुरा अनुसार 2011 को विधानसभा चनाउपछि चॉंही गोर्खाल्याण्ड हुनुपर्ने हो। त्यसो हो भने त्यतिबेलासम्म अन्तरिम किन? यी कुराहरू जनता लट्याउने मात्र हुन्‌। नत विधानसाभा चुनाउपछि गोर्खाल्याण्ड हुन्छ भन्ने कुरा पक्का छ न अन्तरिम के हो त्यो स्पष्ट छ। मोर्चाले जनतालाई बताउनु पर्छ। भ्रामक परिवेशको निर्माण गरेर मोर मणि र मोर पावरतिर लम्किनु ठीक होइन। उनले आफ्नै ठाउँमा आएर मुख्यमन्त्रीले च्यालेञ्ज गरेर गएको कुरा गर्दै उनले मोर्चाले किन तीन महकुमाभित्र मात्र कार्यक्रम गर्छ? दुश्मनले लल्कारेको ठाउँमा नै गएर कार्यक्रम गर्नु पर्छ। पहाड़का सबैदललाई म आह्वान गर्छु, युवा मोर्चा र विद्यार्थी मोर्चालाई आह्वान गर्छु अब कार्यक्रम सिलगढ़ी डुवर्समा गरौं। म पनि साथ हुन्छु। यतिबेला मेरो र तेरो पार्टी भन्ने बेला होइन किन भने गोर्खाल्याण्डको मुद्दा खतरामा छ। उनले अबको वार्तामा गोर्खाल्याण्डको सीमाना तय गर्दै पहल गर्ने हो भने कार्यक्रमहरू पहाड़मुखी होइन तराई, सिलगढ़ी अनि डुवर्समुखी हुन अनिवार्य रहेको पनि उनले बताएका छन्‌।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें