मंगलवार, 16 फ़रवरी 2010

नाड़ी छाम्दैछ, पैसा चलाएर देखाउँछौं-विमल

कालेबुङ,15 फरवरी( सन्दिप कुलुङ)ः गोजमुमो अध्यक्ष विमल गुरूङले अहिले घड़ी बारम्बार सरकारले आफूहरूको नाड़ी छामिरहेको अनि सेटअप तथा गोर्खाल्याण्ड मोर्चाले चलाउन सक्छ के त? भनेर मोर्चाको क्षमतामा अविश्वास गरेको कुरा उठाउने गरेका छन्‌। आज पनि उनले एसयूएमआईको जीम हलमा महाकालडॉंड़ा भालूखोप 22 न. समष्टिको जोनल कमिटीको गठन गर्न राखिएको सभालाई सम्बोधन गर्दै यही कुरालाई दोहोेर्‍याए। उनले प्रायः सबै जोनलहरूको गठन गर्न घुम्दै आफ्नो सम्बोधनमा यी कुराहरू गर्दै आएका छन्‌। उनी अनुसार पहाड़मा प्रशस्त समस्याहरू छन्‌ अनि यी समस्याहरू समाधान हुनुपर्छ। आन्दोलन गोर्खाल्याण्डको निम्ति भए पनि गोर्खाल्याण्ड शीघ्र हुनु नसक्ने अवगत गराउँदै उनले गोर्खाल्याण्ड चलाउन मोर्चाले नसक्ने कुरा सरकारले सोंचिरहेकोले सरकारलाई गोर्खाल्याण्ड चलाउन सरकारको पैसालाई ठीकसित प्रयोग गरेर यो परीक्षा पनि उत्तीर्ण गर्नु पर्ने स्थिति आइपुगेको आशयमा आज पनि उनले आफ्नो मन्तव्य राखे। उनले भने-मोर्चाले गोर्खाल्याण्ड माग्दैछ तर कसरी चलाउँछ भनेर नाड़ी छाम्दैछ। हामीले बङ्गाललाई फेल गराइदिएका छौं। हामीले पैसालाई विकासको काममा उचितरूपले प्रयोग गरेर देखाइसकेकाछौं। सेटअपमा पनि पैसा चलाउन सक्छ कि सक्दैन भनेर पैसा फ्यॉंकेको छ। हामीले एक्सेप्ट गरेका छौं। हामी पैसा चलाएर देखाउनेछौं। हामी गाउँ-गाउँ घुमिरहेका छौं। सबैठाउँ समस्याहरू छन्‌। सबैले समस्या समाधान गर्न एप्लिकेशन गरेका छन्‌। ती सबै काम गरेको हुनुपर्छ। हामी यो गर त्यो गर भन्छौं। गरेको हुनुपर्छ। गरेन भने डीएम, एसडीओ, एसपी सबैले पहाड़ छोड्नु पर्छ। हामीले सबैले उचित रूपले सहुलियत पाएको हुनुपर्छ भनेर भनिदिएका छौं। उनले मोर्चाले उप्रान्त विकासको कामलाई पूर्णरूपले ध्यान दिने बताउँदै गरिनुपर्ने सबै विकासको काम हुने बताए। सरकारको पैसा उचितरूपले प्रयोग गर्न नसके सरकारले मोर्चालाई असक्षम सम्झिने आशयमा बोल्दै सरकारलाई आफ्नो दक्षता देखाउन सरकारले खन्याउने सबै पैसालाई ठीकसित प्रयोग गर्ने कुमामा जोड़ दिए। उनले जोनहरू गठन गर्नुको एउटा कारण सबैठाउँको समस्याहरूको उचित समाधान होस्‌ भन्ने पनि रहेको बताउँदै भने, तर सबैले पालो पालो काम माग्नु। एकैचोटी सबै काम नमाग्नु। सबै नै कन्ट्राक्टर हुनु नहुने बताउँदै उनले भने- टिचर टिचर नै बस्नु। टिचर कन्ट्राक्टर नहुनु, कन्ट्‌ाक्टर टिचर नहुनु। गाउँको काम गाउँलेले नै गर्नु पर्ने बताउँदै मोर्चाको माथिल्लो तहले कहिले पनि हस्तक्षेप नगरिदिने आह्वान पनि उनले गरे। उनले कालेबुङमा जनता ठीक रहेको भए पनि नेतृत्व ठीक नरहेकोले सबै लथालिङ्ग बनेको बताउँदै भने-जोनल बनाउँन ठाउँ-ठाउँ घुम्दा मैले थुप्रो किसिमको मान्छे भेटें। अहिले नै गोर्खाल्याण्ड हुन्छ अनि त्यसको निम्ति मन्त्रीको निम्ति कमिटी गरेको जस्तो ठान्नेहरू पनि पाएँ। त्यसको निम्ति लबी लगाउनेहरू पनि पाएँ। मेलै त गोर्खाल्याण्डको निम्ति सङ्गठन राम्रो बलियो बनाउन जोनल बनाएको हुँ। पद् पाउनेहरूले ठीक काम गर्नुपर्छ। जनताको कुरा सुन्नुपर्छ। कालेबुङमा 90 जना कमिटीमा छन्‌ तर त्यहीँ जनतासित तालमेल छैन। अरू ठाउँ यस्तो छैन। एउटा पोष्टर टॉंस्दा,चिट्ठी बॉंड्दा तमासा बनाउँछ। जोनलको सिस्टम बनिँदैछ। जोनल बनाउन घुम्दा मलाई त भोटमा उठेको जस्तो, भोटको माहौल जस्तो लाग्यो। कर्म राम्रो गर्नु पर्छ। कतिपय साथीभाइहरू गोर्खाल्याण्डको निम्ति होइन स्वार्थको निम्ति काम गर्छन्‌। अब पनि मदन दाइ, घिसिङ ल्याउने कुरा गर्‍यो भने त्यसबारे आफै जान्नु। ग्रुपिज्म, लबी राम्रो होइन। गोर्खाल्याण्ड भएपछि लिडरहरू लड़ाईँ पर्ने? जहीं तहीं जनगुनासो छ। हामी जनताको काम गर्न आएका हौैं। हामी डेभलोेपमेन्ट गर्छौं। यसैको निम्ति जोनल बनाएको हो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें