शनिवार, 27 फ़रवरी 2010

तेह्रौं पारसमणि पुरस्कार केदार गुरूङलाई

कालेबुङ। यस वर्षको तेह्रौं पारसणणि पुरस्कार सिक्किमका वरिष्ठ साहित्यकार तथा स्रष्टाका सम्पादक केदार गुरूङलाई प्रदान गरियो। अमृतबहादुर खालिङको अध्यक्षता अनि शिक्षाविद् एमबी राईको मुख्य आतिथ्यमा नेपाली साहित्य अध्ययन समितिद्वारा मङ्गलधाममा आयोजित डा.पारसमणि पुरस्कार अलङ्‌करण समारोहमा गुरूङलाई पुरस्कार प्रदान गरियो। पुरस्कार प्रापक गुरूङलाई मुख्य अतिथिको बाहुलीबाट नगद दसहजार रूपियॉं अनि प्रशस्ती पत्र प्रदान गरि सम्मान जनाइयो। समारोहमा वयोवृद्ध साहित्यकार सानुमती राई, जितेन पाल अनि शंखर प्रधानकोे विशेष उपस्थिती रहेको थियो। समारोहमा डा. पारसमणि प्रधानद्वारा रचित कविता वाचन पछि ज्ञान सुतारले स्व. पारस मणि प्रधानको संक्षिप्त परिचय प्रस्तु गरे भने पुरस्कार प्रापक गुरूङको संक्षिप्त परिचय स्वर्णिम धमलाले प्रस्तुत गरिन्‌। शिव कुमार राई स्मृति पुरस्कार अनि आशबहादुर चामलिङ निर्माण पुरस्कारर अगावै प्राप्त गरिसकेका गरूङले अहिलेसम्म साहित्य क्षेत्रमा डेड़ दर्जन भन्दा अधिक पुरस्कार प्राप्त गरिसकेका छन्‌। कथा, कविता , निबन्ध अनि सम्पादनको क्षेत्रमा लामो समयदेखि लागिपरेका गुरूङले जम्मा 13वटा कृतिहरू प्रकाशित गरिसकेका छ्‌न्‌। समारोहमा पारिजात स्मृति पुरस्कारले सम्मानित साहित्यकार सानुमति राईलाइ पनि अभनिन्दन जनाइयो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें