बुधवार, 10 फ़रवरी 2010

नोटिश पाउनेहरू फेरि पार्टीमा

कालेबुङ, 10 फरवरीःदलविरोधी कार्य गर्ने मोर्चाका कालेबुङ प्रतिनिधिहरू जसलाई मोर्चाको केन्द्रिय कमिटीले नोटिश जारी गर्दै उप्रात उनीहरू दलको कार्यक्रमहरूमा सक्रिय बन्न नपाउने बताएको थियो। अर्कोतिर कालेबुङका कतिपय प्रतिनिधिहरूले पार्टीबाट नै राजिनामा पनि दिएको थियो तर अहिलेसम्म त्यसलाई आधिकारिक पुष्टि गरिएको थिएन। आज यस्ता दुवै थरिका कार्यकर्ताहरूलाई डेलोमा एक सभाबीच फेरि दलमा लिइएको जानकारी पाइएको छ। विमल गुरूङ, डा.हर्कबहादुर छेत्री, अमर लामा तथा अन्यहरूको उपस्थितिमा उनीहरूलाई सम्झाइबुझाइ दलमा सामेल गरिएको तर उनीहरूसित अघिको पद्हरू भने केही नरहेको थाहा लागेको छ। मोर्चाले जहॉं पनि द्वन्द्व चलिरहेको छ सबैमा पुगेर साम्य गराउने कार्य गरिरहेको छ भने मोर्चा अध्यक्ष विमल गुरूङले आफ्ना प्रतिनिधिहरूमा चौकीको निम्ति कस्तो लालच छ भन्ने कुराहरू पनि थाहा पाइरहेका छन्‌। हिजोको एक सभामा उनले सबैलाई चौकीको लोभ नगरिदिने अनि गोर्खाल्याण्डको निम्ति कटिबद्ध भइदिने आह्वान नै गर्नु परेको थियो।
bogati_hd08@yahoo.com

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें