सोमवार, 8 फ़रवरी 2010

उचित सर्वराह नगरे बिजुली काट्‌नेछौं-विमल


कालेबुङ, 8 फरवरी ः साङ्गठानिक कार्यक्रम लिएर गाउँघर घुमिरहेका गोजमुमो अध्यक्ष आज अलगढ़ा पुगेका थिए। उनी जनतालाई सम्बोधन गर्न अलगढ़ा पुग्दा त्यहॉं बिजुली थिएन। उनले जेनेरेटरद्वारा सर्वराह गरिएको बिजुलीको भरमा जनतालाई सम्बोधन गर्दै भने-यहॉं बङ्गाल सरकारले खेलाईँची गरिरहेको छ। हाम्रै खोला-नालाबाट निकालिएको बिजुली नियमित नगरिनु अन्याय हो। यसकारण भोलि जोनल कमिटीले पावर डिपार्टमेन्ट अनि एसडिओलाई बिजुली सर्वराहको उचित व्यवस्था मिलाउन ज्ञापन चढ़ाउनु। यति गर्दा पनि बिजुली नियमित भएन भने सधैँको निम्ति बिजुली हामी काट्‌नेछौं। पोलहरू निकाल्नेछौं। हामीलाई एसी चाहिँदैन। उनीहरूलाई चाहिन्छ। ज्ञापन चढ़ाउनु, नटेरे हाम्रो खोला-नालाबाट लगेको बिजुली बन्द हुनेछ। गुरूङले अलगढ़ामा भइरहेको साङ्गाठानिक मतभेद्लाई सबैले विर्सेर नयॉं समितिले उचित तरिकाले सङ्गठन सञ्चालन गर्ने आह्वान पनि गरे। उनले आज अलगढ़ा, सन्तुक-मिरिक, पैयुङ अनि दलपचन्दलाई लिएर जोनल कमिटी गठन पनि गरे। उनले महकुमा समितिबाट नै दलमा दुइफ्याक हुने संस्कार जन्मिएको बताउँदै भने-हामी गोर्खाल्याण्डको निम्ति आएका हौं। लक्ष्य गोर्खाल्याण्ड मात्र हो तर यहॉं कोही अर्को ग्रुपको कोही अर्को ग्रुपको भन्छन्‌। यसरी फ्याक हुनेले गोर्खाल्याण्डलाई के गर्छ?यसकारण अबोप्रान्त सबै मिलेर कार्य गर्नु। उनले अलगढ़ाका जनतालाई पनि आह्वान गर्दै भने-अलगढ़ा पैह्रोको चपेटमा पर्न सक्छ, यहॉं विभिन्न समस्याहरू छन्‌। म सबै समस्याको समाधान गर्छु तर सबै एक भएर बस्नु पर्छ। झोड़ाको निम्ति राजनीति गर्नु हुँदैन। भत्किएको भित्ताको निम्ति राजनीति गर्नु हुँदैन। विकास जनताको निम्ति हुनुपर्छ। आफ्नो निम्ति मात्र विकास गर्नु हुँदैन। यसले दललाई असर गर्छ। अलगढ़ाको जनताले नै तय गर्नु यहॉं के गर्नु पर्छ। जनताले नै काम गर्नु। कामको निम्ति महकुमा समिति, केन्द्रीय समिति कसैले पनि हस्तक्षेप गर्दैन। जनताले जसरी चहान्छ त्यसरी काम गर्छ। म समस्याहरूको समाधान गर्दै गोर्खाल्याण्डको आन्दोलन गर्छु तर यसको फाइदा कसैले नउठाउनु। उनले आफू जस्तो मुद्दाको निम्ति सबैलाई समर्पित भएर अघि आउनु पर्ने आह्वान गर्दै भने-मैले जेट क्याटागोरीको सेक्यूरिटी पाउने मान्छेलाई एकै क्षणमा पहाड़बाट आउट गरें। जनताको आकांक्षालाई लिएर समर्पित भएर अघि आएको छु। गोजमुमोमा सीपीएम, गोरामुमो तथा सबै दलका मानिसहरू गोर्खाल्याण्डको निम्ति काम गरिरहेका छन्‌। कोही पराया होइनन्‌। यसकारण सबै एक हुनुपर्छ। यहॉं कोही दुश्मन छैनन्‌। सोंचाइमा ठिक छैन। तर सबैलाई सम्झाउनु सक्नुपर्छ। बलियो हुनुपर्छ।


जनता कर्फ्यूलाई जनताले जवाब दिनेछ-गोजयुमो


कालेबुङ, 8 फरवरीः गोर्खालिग नेता मदन तामाङले आज जनता कर्फ्यूको घोषणा गरेको छ। लीगको यो प्रथमचोटी देखिएको पहिलो कार्यक्रम तर कतिको प्रभावी बन्ने हो आज दिनभरिमा त्यसको स्पष्ट छबि अघि आउनेछ। लीगले यता आज गोर्खा जनमुक्ति युवा मोर्चाले भने लीगको जनता कर्फ्यूलाई जनताले नै जवाब दिने बताएको छ। आजदेखि युवा मोर्चाले पहाड़को सबै ठाउँमा मोर्चाले तयार पारेको नयॉं कार्यक्रम अनुसार 48 घण्टेे क्रमिक अनशन शुरू गर्ने जानकारी दिँदै युवा मोर्चा कालेबुङका प्रतिनिधिहरू सुनिल प्रधान, तोपदेन भोटिया अनि निमा तामाङले राजनैतिक वार्ता शीघ्र हुनुपर्ने मागमा अनशन गरिएको बताए। उनीहरूले अनशनमा बस्नेहरूको चॉंजोहरू मिलाई सकिएको पनि बताए। यसै सन्दर्भमा सुनिल प्रधानले युवा मोर्चाले लीगको कुरालाई ध्यान नदिने अनि जनता विनाका एक्लो नेताले गरेको 24 घण्टे बन्दलाई कुनै प्राथमिकता नदिने पनि बताए। तोपदेन भोटियाले भने-मदन तामाङले गोजमुमोको कार्यप्रणालीलाई बुझेका छैनन्‌। किन भने मोर्चाले जुनस्तरमा कार्य गरिरहेको छ पहाड़को राजनैतिक इतिहासमा नै त्यस्तो नभएकोले तामाङले मोर्चाको कार्यहरूको फेदटुप्पो बुझ्न नसकेकोले नै यस्ताखाले कार्यक्रमहरू घोषणा गरेका हुन्‌। उनले अझ भने-लीगको कुरालाई जनताले कसरी लिएको छ त्यो त भोलि स्पष्ट भइहाल्छ। उनको जनता कर्फ्यूलाई जनताले नै जवाब दिनेछन्‌। जनतालाई थाहा छ कसले कति कार्य मुद्दाको निम्ति गरेको छ।

जनता कर्फ्यूलाई मदनले नै तोड्नेछन्‌-डा.

कालेबुङ, 8 फरवरीः जसको कुनै जनता छैन उसले जनता कर्फ्यू भन्दैछन्‌। यस्तो कार्यक्रम गर्नेहरू बहुबचन हुन जसको जनता एक बचन छन्‌। व्याकरण थाहा हुनेले बुझ्छन्‌ यो कुरा। उसलाई पनि थाहा छ आफ्नो जनता छैन भनेर। भोलि मदनले त खिड्की थुनेर पालन गर्ला तर केही क्षणपछि उसलाई डाउट हुन्छ जनताले पालन गरेको छ कि छैन। उनी दैलो खोलेर हेर्न आउनेछन्‌ बजार। यसरी उनी आफैले आफ्नो कार्यक्रम तोड्नेछन्‌।-उक्त कुरा गोजमुमो प्रवक्ता डा. हर्कबहादुर छेत्रीले अलगढ़ाको जनसभामा भनेका हुन्‌। उनले गोर्खालीगले डाकेको जनता कर्फ्यू सफल हुनै नसक्ने कार्यक्रम रहेको बताउँदै यो कार्यक्रम सफल नभए पछि के गर्छ त बनेर प्रश्न उठाए। उनले भने-कार्यक्रम गर्दा मेरोपछि कति जनता छ त्यो हेर्नु पर्छ। उनले जनतालाई भोलि खुलेआम हिँड्ने आह्वान पनि गरे। उनले मदन तामाङलाई टिप्पणी गर्दै भने-40 वर्षदेखि नै विपक्षी हुने आदत उनलाई छ।अहिले पनि त्यही भूमिका निभाउँदैछन्‌। तर मोरोलाई कतिबेला विपक्षीको भूमिका निभाउनुपर्ने कुरा भने थाहा छैन। भोलि उनलाई जनताले गजबले जवाब दिनेछन्‌। अर्कोतिर गोर्खालिगका कालेबुङ प्रतिनिधिहरू प्रताप खातीले भने गोजमुमोले गोर्खा शब्द अघि झुण्डाएर दागोपापमा गोर्खाल्याण्ड साटेको बताउँदै गोजमुमो अध्यक्ष पैसामा बिक्रि भइसकेको जनाए। उनले भने-मोर्चाले जनतालाई बोरामा सुताउने काम गर्दैछ। यो कुरा समयमा नै जनतालाई बताइसकेका छौं। यसबाट गार्खालीग मुद्दाको निम्ति कति समर्पित छ भन्ने कुरा बुझ्न सकिन्छ। पछि ढिलो नहोस्‌। यसकारण समयमा नै जनताको आकांक्षा विरूद्दामा कार्य गर्ने मोर्चाको विरोध गर्न जनता कर्फ्यू सफल पारिदिने आह्वान गर्छौं।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें