सोमवार, 15 फ़रवरी 2010

हाम्रो रिपोर्टलाई सर्टआउट गर्दै होला-विमल

कालेबुङ,15 फरवरी( सन्दिप कुलुङ)ः डेलोमा भएको जनसभाबाट गोजमुमो अध्यक्ष विमल गुरूङले पॉंचौं राजनैतिक वार्ता 9 अनि 10 फरवरीसम्ममा हुने बताएका थिए भने आज उनले पत्रकारहरूसित बातचित गर्दै भने, 9,10 फरवरीको दिन क्याविनेटको मिटिङ भयो। त्यहॉं वार्ताको मिति पनि तय भइसकेको छ तर सार्वजनिक गरेको छैन। गुरूङले वार्ताको मिति तय हुनु तर सार्वजनिक गर्न नसक्नुको कारण खोल्दै भने, हामीले केन्द्रलाई पठाएको रिपोर्टको सर्टआउट गर्दै होला। उनले चौथो वार्तामा केन्द्रले एउटा प्रस्ताव लिएर आएको बताउँदै तर त्यसबेला दलका प्रतिनिधिहरूले त्यसलाई दुत्कारेको, गोर्खाल्याण्डको निम्ति दागोपापको बैद्यता नष्ट गरेपछि पहाड़मा कुनै पनि व्यवस्था बहाली गर्नु पर्छ भने त्यो आफूहरूले चाहेको अनुरूप हुनुपर्ने बताउँदै उनले अझ भने, त्यसै कारण हामीलाई यो,यो चाहिन्छ भनेर सोझै केन्द्रलाई रिपोर्ट पठाइदिएका छौं। त्यसबारे छलफल गर्न समय लाग्दै होला। किन भने उनीहरूलाई हामीले भनिदिएका छौं रिपोर्टको आधारमा कुरा भएन भने हाम्रो आन्दोलन अर्कै हुन्छ भनेर। त्यसकारण वार्ताको मिति सार्वजनिक नगरेको हुनसक्छ। हामीले दिएको विषयमा बङ्गालसित कुरा गर्न पर्‍यो। त्यहॉं टेरोटेरीको कुरा छ। उनीहरूले दिनुपर्ने कुरा उनीहरूको अघि राखिदिएका छौं। उनीहरूलाई पनि त्यसको सर्टआउट गर्न पर्‍यो। केन्द्रलाई थाहा छ हामीलाई अलगै राख्नु पर्छ भन्ने कुरा। हामीले बङ्गाललाई अलग राखेका छौं। यसपालीको वार्ता केन्द्रमा हुन्छ। उनलाई यतिबेलाको अवस्थामा पहाड़का सांसद जसवन्त सिंह अनि भाजपाले उस्तो पहल नगरिरहेको देखिएको सन्दर्भ झिक्दा उनले भने, जसवन्त सिंहले आफ्नो ठाउँमा काम गरिरहेका छन्‌। उनले गोर्खाल्याण्डबारे देशका ठूला नेताहरूलाई अवगत गराइसकेका छन्‌। उनले समय आएपछि काम गर्नेछन्‌। बोल्नेछन्‌। संसदमा त उनले बोलिरहेकै छन्‌। गोर्खाल्याण्डको निम्ति राजनैतिक सहमति जुटाउने कार्यमा उनले पहल गरिरहेकै छन्‌। यसै क्रममा राज्यका मुख्यमन्त्री बुद्धदेउ भट्टचार्यको सन्दर्भमा उनले बुद्धदेउ भट्टचार्यलाई पनि गोर्खाल्याण्ड हुने कुरा थाहा भइसकेको बताउँदै भने, अहिले उनले 2011को विधानसभा चुनाउलाई हेरेर बोल्दैछन्‌। उनी जहॉं पनि बोल्दैछन्‌ मुख्य मन्त्री भएर होइन माकपाको नेता भएर बोल्दैछन्‌। मोर्चाको आन्दोलन विरुद्ध बोल्यो भने भोट पाइन्छ भन्ने लोभले उनी बोल्दैछन्‌। तर वार्तामा पनि उनले यसरी नै बोल्यो भने कुरा अर्कै हो। त्यतिबेला हामी उनलाई दिनुपर्ने जवाब दिन्छौं। उनले अहिले माकपा कोल्याप्स हुँदै गइरहेको बताउँदै बुद्धदेउले चुनाउ ताकेर मोर्चा विरूद्ध बोले पनि मन्त्रीको हैसियतमा उनले आफूहरूको मागलाई विरोध नगरेको पनि बताए। यसै क्रममा मोर्चा प्रतिनिधि अमर लामाले अहिले वार्तामा तृणमूल नेतृ ममता व्यानर्जी पनि वार्तामा बस्ने कुरा हल्ला मात्र रहेको बताउँदै भने, व्यनर्जी वार्तामा बस्दैनन्‌। उनी वार्तामा बस्ने कुरा पत्यार लाग्दो कुरा होइन। हुनसक्छ उनी पनि यूपीएको पार्टनर रहेकोले पहाड़का समस्यामाथि बोल्न सक्छन्‌। तर वार्ता त्रिपक्षीय नै हुन्छ। चौपत्रीय हुँदैन। मोर्चाले राज्यसित कुनै सम्बन्ध नबनाई सोझै केन्द्रलाई गुप्ती रिपोर्ट पठाए पनि त्यससम्बन्धमा राज्यको परामर्श पनि आवश्यक नै रहेको उनले एक प्रश्नको उत्तरमा भने। बुद्धदेउले गुप्तीरूपमा चिदम्बरमलाई भेटेर कुरा गर्न सक्छन्‌ भने अनि पहाड़को निम्ति योजना बनाएर दिन सक्छन्‌ भने हामीले किन दिन नसक्ने? केन्द्रलाई रिपोर्ट दिएका छौं। अब निर्णय गर्ने काम केन्द्रको हो। हामीले दिएको रिपोर्टको आधारमा कुरा हुनुपर्छ त्यति नै हो। खबरकागजबाट होइन वार्ता बसौं अनि भट्टचार्यसित कुरा गरौंला उनले भने। उनले भट्टचार्यले बारम्बार सिलगढ़ी र डुवर्सको कुरा गरेपनि त्यहॉंको जनमत गोर्खाल्याण्डको निम्ति रहेको स्पष्ट भइसकेको उनले बताए। उनले भने, कालचिनीमा चुनाउ जित्यौं। अरू त के कुरा स-सानो कलेजको चुनाउ पनि जित्यौं। यसको अथर्र् त्यहॉंका जनताको मत गोर्खाल्याण्डको निम्ति रहेको स्पष्ट छ। त्यहॉंको जनताले के चहान्छ भन्ने कुरा ठूलो हो यो हुन्छ र हुँदैन भन्ने बुद्धदेउ भट्टचार्य को हुन्‌? भट्टचार्यले यो भन्दा अघि गोर्खाल्याण्ड नै दिन्नौं भन्थे,सिलगढ़ीमा गोर्खाल्याण्डमा सिलगढ़ी र डुवर्स पस्न दिन्नौं भन्दैछन्‌। जलपाइगुड़ीमा गएर गोर्खाल्याण्ड हुन्छ नै भन्दैछन्‌ अनि कुचविहारमा गएर गोर्खाल्याण्डमा सिलगढ़ी-डुवर्स पस्छ पनि भन्न सक्छन्‌। ठाउँ हेरिरहेरि परिस्थिति हेरिरि केवल चुनाउलाई हेेरेर उनी बेल्दैछन्‌। हामीले उनीसित कुरा गर्न परे वार्तामा नै गर्छौं। उनी एक्लै पहाड़को निम्ति के हुन्छ, हुँदैन भन्ने कुराको निर्णय गर्ने मान्छे नै होइनन्‌। वार्ता अघि माहौल भट्टचार्यले विगार्दैछन्‌। वार्तामा नै सबै कुरा हुनेछ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें