सोमवार, 15 फ़रवरी 2010

गोर्खाल्याण्ड भन्दा अघि नै तराई डुवर्स अन्तर्भुक्त गर्ने प्रयासमा छौं--डा. छेत्री

कालेबुङ, 15 फरवरीः मुख्यमन्त्री भट्टाचार्यले तराई अनि डुवर्सलाई गोर्खाल्याण्डमा अन्तर्भुक्त हुन नदिने जुन टिप्पणी गरेका थिए त्यसलाई मोर्चा प्रवक्ता डा. हर्क बहादुर छेत्रीले चुनाउसित सम्बन्धित मन्तव्य मात्र रहेको जनाएका छन्‌। एक बातचितमा डा. छेत्रीले मुख्यमन्त्रीको मन्तव्य गोर्खाल्याण्डको विरोधमा नभएर तराईमा विधानसभा चुनाउको निम्ति भोट फकाउने रणनीति रहेको बताए। उनले भट्टाचार्यको मन्तव्यले गोर्खाल्याण्ड पक्कापक्की हुने कुरालाई पुष्टि गर्ने बताए। तीनले भने-तराई र डुवर्सलाई गोर्खाल्याण्डमा हुल्न दिने छैनौं भनेको केहो? यो भनेको गोर्खाल्याण्ड हुन्छ भनेको त हो। उनलाई डर छ सिलगढ़ी र डुवर्स गोर्खाल्याण्डमा पस्छ भने अनि यो डर कतिबेला हुन्छ भने जब सम्भावना हुन्छ तब त डर हुन्छ। भट्टाचार्यले तराईमा भोट फकाउन तराई डुवर्सलाई गोर्खाल्याण्डमा पस्न नदिने कुरा गरे पनि यो गोर्खाल्याण्ड हुन्छ नै भन्ने प्रमाण पनि हो। पहाड़मा आफ्नै मान्छेले हामीलाई बङ्गालमा पस्दैछ भनेर आरोप लगाउँछ तर हाम्रो कट्टर दुश्मन राज्य सरकारका मुख्य मन्त्रीले भने गोर्खाल्याण्ड हुन्छ भनेर प्रमाणित गरिरहेका छन्‌। डा. छेत्रीले अहिले घरिघरि उठ्‌ने तराई डुवर्सको कुरा उठाएर मोर्चाको रणनीति विथोल्ने कार्य गरिरहेको भएपनि अन्तरिम व्यवस्थाभित्र नै सिलगढ़ी अनि डुवर्सलाई गोर्खाल्याण्डको मानचित्रमा पक्कापक्कीरूपमा अन्तरभुक्ति गर्ने कुरा उनले बताए। उनले भने-हामीले केन्द्रलाई जुन सेटअप पठाएका छौं यसले तराई अनि डुवर्सलाई गोर्खाल्याण्डको निम्ति सीमानामा बॉंध्छ। घिसिङले छोड़ेको तराई डुवर्स हामी यसैको साटो आउने कुराले नै समेट्‌नेछौं। यही कुरा थाहा पाएकोले भट्टाचार्यले तराई र डुवर्सलाई लिएर मन्तव्यहरू गरिरहेका छन्‌। उनलाई आफ्नो भोटव्याङ्‌क हराउने डर छ। उनले जुन सरकारले तीसवर्ष त्यहॉंका आदिवासी अनि राजवंशीहरूलाई शोेषण गरेर राख्यो, उनीहरू जो हामीसित छन्‌ उनीहरूलाई अझसम्म पनि आश्वासन मात्र नै दिएर भए पनि भोट लुट्‌ने सपना सजाएको बताउँदै भने-बन्द सामसिङ चियाबारी हामीले खोल्यौं। राज्य सरकारले त अझसम्म थुप्रै चियाबारी बन्द नै राखेको छ। भोटकै निम्ति त चियाबारी बन्द राखेका हुन्‌। त्यहॉं यस्तो शोषण भइरहेको छ। सेन्ससमा राजवंशीलाई बङ्गाली देखाउँछ तर अधिकार दिनेबेलामा छुट्याउँछ। आदिवासी राजवंसीलाई काष्ट बनायो। राज्य सरकारले जातिवादी राजनीति गर्दै तराई डुवर्समा उपनिवेशवादलाई विस्तार गरिरहेको छ। जुन जनता हामीसित छन्‌ उनीहरूलाई भट्टाचार्यले आश्वासन दिँदैछन्‌। यसले हामीलाई कुनै नोक्सानी हुनेछैन। उनले 2011 सम्मको निम्ति हुने अन्तरिम व्यवस्थामा जुन क्षमताहरू समावेश गरिएको छ त्यो तराई अनि डुवर्सलाई हेरेर नै, सीमाना पक्का गर्न गरिएकोले गोर्खाल्याण्ड हुन अघि नै तराई-डुवर्स गोर्खाल्याण्डको क्षेत्र भइसक्ने पनि उनले बताए। उनले भने-अन्तरिम भनेको गोजमुमोको लागि जनमत सङ्‌ग्रह जस्तै हो। यसले गोखार्र्ल्याण्डको इलाका बनाउने काय गर्नेछ। अन्तरिमको लक्ष्य नै सीमाना पक्का गर्नु हो। अनि यो गोर्खाल्याण्डको निम्ति हो। नबुझ्नेहरूले जति नै टिप्पणी गरून्‌। हामीसित व्यूरोक्रेटिभ भाषा बुझ्नेहरू छन्‌ जसले मुद्दालाई अकाट्य हुने गरी सफलताको मार्गमा लैजान पहल गरिरहेका छन्‌। उनले राज्यलाई थाहै नदिइ केन्द्रलाई पठाएको गुप्ती रिपोर्टले केन्द्रलाई मोर्चाले राज्यसित विश्वास गर्न सक्तैन भन्ने सन्देश दिन चाहेको बताउँदै उनले भने-केन्द्रले राज्यसित पनि हाम्रो गुप्ती रिपोर्ट सिक्रेट राख्छ भन्ने कुरामा विश्वास गर्न नसकिएपनि हामीले भनेकै कुरा बहाली भए मात्र मोर्चाले ठिक मान्नेछ तर उनीहरूले त्यसमा छॉंटकॉंट गरेर दिए पनि त्यो हामीले सोंचेको जस्तो तथा तराई अनि डुवर्सका जनतालाई उपयुक्त हुने कुरा छैने भने मान्य गरिनेछैन।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें