रविवार, 31 जनवरी 2010
कालेबुङ, 30 जनवरीः
ढॉंटे मदनले
कालेबुङ, 30 जनवरीः पहाड़का दलहरूमा रहेका द्वन्द्वलाई सधैँको निम्ति मेट्न जेएसटीओले आज रामकृष्ण रङ्गमञ्चमा गोर्खाल्याण्डमाथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गर्यो। अन्तरक्रियामा मुख्यरूपले क्रामकपाका महासचिव आर.बी.राई, गोजमुमोका प्रवक्ता डा.हर्कबहादुर छेत्री, महासचिव रोशन गिरी अनि सिरामोका अध्यक्ष आर.मोक्तान उपस्थित थिए। जेएसटीओको यस कार्यक्रममा मोर्चा अध्यक्ष विमल गुरूङ, क्रमाकपाका आर.बी राई अनि गोर्खालिगका मदन तामाङको उपस्थिति हुने हल्लाले कालेबुङमा निक्कै जोर पक्रिएको भए पनि हिजो जेएसटीओले विमल गुरूङ साङ्गठानिक कार्यक्रममा व्यस्त रहेकोले कार्यक्रममा उपस्थित हुन नसक्ने बताए पनि आर.बी राई अनि मदन तामाङले उपस्थितिको निम्ति लिखित स्वीकृति दिएको बताएको थियो। अन्तरक्रिया कार्यक्रम शुरू हुँदासम्म जेएसटीओले मदन तामाङ उपस्थित हुने आशा जनलहरमा राखिरहेको भए पनि कार्यक्रम सकिँदासम्म मदन तामाङ उपस्थित भएनन्। जेएसटीओले उपस्थित नहुने कुरामा तामाङले कुनै आधिकारिक खबर नगरेकाले जनलहरलाई आफूहरूले ढॉंटेको जस्तो भएकोमा क्षमा पनि माग्यो। गोजमुमोमाथि सधैँ आलोचना गरेर जनतामा अन्योलताको उपार्जन गरिरहने गोर्खालिग नेता मदन तामाङ उपस्थित नभएकोले सामुहिक नेतृत्वको कुरा गर्ने तामाङले जेएसटीओलाई ढॉंटेकोमा कार्यक्रममा उपस्थित जनलहरले खल्लो मानेको देखियो। वास्तवमा यसै कार्यक्रमद्वारा लिग र मोर्चामा रहेको द्वन्द्व मेटिने अनि आन्दोलनलाई सफलसित अघि बढ़ाउन नयॉं योजनाहरूको निर्माण हुनसक्ने सबैले आशा गरेको भएपनि तामाङ उपस्थित नहुनुमाथि सबैले सन्देह गरेको पनि जनलहरमा देखियो। जे जस्तै वाध्यता भएपनि तामाङले आफ्नो पारदर्शिता देखाउन कार्यक्रममा उपस्थित बन्नु अनिवार्य रहेको सबैले कुरा गरेको सुनियो। कार्यक्रममा उपस्थित जनलहरमा तामाङले आफूलाई स्पष्ट गर्ने ठूलो मौका चुकाएको अनि अहिलेसम्म उनको कुराहरूलाई महत्व दिनेहरूलाई अनुपस्थित बनेर तामाङले आफ्नो वास्तविकता छर्लङ्ग पारेको मात्र होइन वर्तमान सेटअपको कुरालाई लिएर उनले जुन आरोप मोर्चालाई लगाएको थियो त्यो कालेबुङको जनतालाई प्रमाणित गर्न नसक्ने डरले उनले जेएसटीओलाई मात्र होइन कालेबुङलाई नै ढॉंटेर आफ्नो छवि जनतालाई देखाएकोसमेत कुरा गरिएको सुनियो।
मोर्चा इमान्दार छ-डा छेत्री,गिरी
अन्तरक्रियालाई मध्यस्थकर्ता पी.अर्जुनले अघि बढ़ाउँदै वार्तामा आन्दोलनको उपलब्धी, कमजोरी अनि आगामी रणनीतिहरूबारे जनतालाई अवगत गराउनु कार्यक्रमलेे उद्देश्य राखेको बताउँदै उनले मञ्चमा प्रश्नहरूको जवाब दिन उपस्थित प्रतिनिधिहरूलाई विभिन्न प्रश्न राखे। यसै प्रश्नको उत्तर दिने क्रममा मोर्चाको पक्षबाट रोशन गिरी अनि डा. हर्कबहादुर छेत्रीले आफ्नो दलले गर्दै गरेका कार्यहरूको विवृत्ति राखे। मोर्चाको माथिल्लो तहले केन्द्र सरकारलाई गोर्खाल्याण्डबारे एडुकेट गरिरहेको अनि यसकार्यमा मोर्चा सफल पनि भइरहेको उनीहरूले बताए। अहिलेसम्म अरू छोड़ेर मुख्यरूपले गोर्खाल्याण्ड किन हुनुपर्छ, गोर्खाल्याण्डको आर्थिक सम्भावनाका कुराहरू के के छन्, गोर्खाल्याण्ड राज्यको निर्माण देशको सुरक्षाको प्रश्नबीच कति महत्वपूर्ण छ, गोर्खाल्याण्ड राज्यभित्रका हुने सामाजिक, सॉंस्कृतिक, शैक्षिक रूपरेखा, राज्यले मोर्चामाथि राखेको दृष्टिकोण अनि वास्तविकता, संवैधानिक, कानूनी, ऐतिहासिक दस्तावेज तथा यस्तै अरू जम्मा दशवटा विस्तृत कागजपत्र केन्द्रलाई बुझाइसकेको डा. हर्कबहादुर छेत्रीले जनाए। उनले प्रस्तावित गोर्खाल्याण्डको मानचित्र गोर्खा अनि आदिवासी बहुलक्षेत्रलाई ध्यानमा राखेर निर्माण गरिएको अनि आवश्यक परे त्यसमा सम्झौता गरिने प्रावधानहरू पनि रहेको पनि जनाए। उनले मोर्चा मुद्दाको निम्ति इमान्दार रहेको अनि अहिलेसम्म केन्द्रियस्तरमा गरिरहेको कसरत गोर्खाल्याण्ड कै निम्ति रहेको पनि जनाए। उनले मोर्चाले राष्ट्रियस्तरमा गरिरहेको कार्यहरूको आधारभूत सत्य नबुझि मदन तामाङले आलोचना गर्ने जो जनहितको नभएर नितान्त नीजिस्वार्थको निम्ति भइरहेको आरोप लगाउँदै मोर्चा गठन भएपछि यसले जति उपलब्धी हासिल गरेको छ त्यसको सानो अंश पनि लिगले नगरेको कारण कुवामा बसेर कराइरहनु राजनीति नरहेको जनाए। उनले घिसिङ हटाउनु, मुद्दालाई राजनैतिक वार्तासम्म ल्याउनु, आन्दोलनलाई हिंसाबाट निकालेर अहिसांपरक बनाउनु अनि जहिल्यै पनि मुर्ख ठानिने गोर्खा बुद्धिजीवीहरूलाई केन्द्रसित तर्क गराउन सक्षम बनाउनु मोर्चाको मुख्य उपलब्धीहरू रहेको जनाए। सुषमा स्वराज, राजिबप्रताप रूड़ी अनि जसवन्त सिंहलाई गोर्खाहरूको पक्षमा बोल्न लगाउनु सानो उपलब्धी नरहेको बताउँदै उठिरहेको अन्तरिममाथि भ्रामक कुरा गरेर आन्दोलनको वास्तविकता बिर्सनु गतिलै मुर्खता हुने पनि उनले जनाए। अर्कोतिर रोशन गिरीले जनताको आकांक्षा नै सर्वोपरि रहेको जनाउँदै मोर्चाले गोर्खाल्याण्डको निम्ति राजनैतिक सहमतिको निम्ति राष्ट्रीयस्तरमा कार्य गरिरहेको अनि भारतका मूल 26 वटा दलहरूसित पत्रव्यवहार गरिसकेको कुरा दोहोर्याए। उनले भने, मोर्चा जनताको आकांक्षामा विश्वास गर्ने दल हो यसकारण गोर्खाल्याण्ड गठन हुनसक्ने सबै सम्भावनाहरूलाई सङ्ग्रह गरेर राष्ट्रीय तर्कको निम्ति हामी तयार भइसकेका छौं। मोर्चा गोर्खाल्याण्डको निम्ति इमान्दार छ। कसैलाई शङ्का भए हामीसित कुरा गर्न कसैले पनि सक्नेछन्। हामी गोर्खाल्याण्डबाट एक सुता पनि हटेका छैनौं। उनले मोर्चाले केन्द्रियस्तरमा गर्नुपर्ने कसरत पनि गर्दै अनि अहिले केही फूर्सदको समय साङ्गठानिक विस्तारमा पनि ध्यान दिइरहेको बताउँदै कसैले पनि स्वस्थ आलोचना गरे कसैले त्यसलाई दुत्कार्दैन तर आलोचना गर्नु अघि आफूले विपक्षीको कार्यको सही तथ्य राख्न जरुरी रहेको भए पनि केवल आलोचनाकै निम्ति आलोचना भइरहेको अनि त्यसको उद्देश्य मोर्चाको कार्यक्रमहरू अनि आत्मविश्वासमा चोट पुर्याउनु मात्र रहेको देखिएको छ-उनले भने। क्षेत्रीयस्तरमा मोर्चाले सरकारलाई चाप दिने कार्यहरू जस्तै विजुली, फोन अनि वाहनको ट्याक्स तथा बील नतिर्ने कार्यहरू गरिरहेको पनि उनले जनाए। उनले मोर्चाले गरेको सबै कार्यबारे जनतालाई उदाङ्गो नपारिने उनले बताए पनि क्रामाकपाका महासचिव आर.बी. राईले दलमा पारदर्शिता अनिवार्य रहेको बताए।
अन्तरिमले देशमा गोर्खाहरूको आकांक्षा बोकेको हुनुपर्छ-
आरबी
आर.बी.राईले वर्तमान अवस्थामा वाद-विवाद अनि संवादको परिस्थिति नरहेको बताउँदै पहाड़मा विपक्षीको भूमिका गणतन्त्रको प्राथमिक आधार रहेको जनाए। उनले भने, पहाड़मा जातीय अस्मिताको सवालमा हामी एक छौं तर हाम्रो कार्यप्रणाली फरक छ। दलीय चरित्र फरक छ। यसैकारण मुद्दालाई लिएर जतिपनि विवादहरू अघि आउँछ त्यसको समाधानको निम्ति एकार्काबीच वार्तालाप अनिवार्य छ। उनले चलिरहेको सामुहिक नेतृत्वको प्रश्नलाई लिएर पहाड़का सबै दलरूलाई एक सूत्रमा बॉंध्ने दायित्व मोर्चाको रहेको बताउँदै जबसम्म मूल मुद्दाको निम्ति सबै दलमा सहमति हुँदैन तब आन्दोलनको बाधक पक्षहरू उपार्जित हुने पनि बताए। उनले जनता अघि कुनै पनि दल पारदर्शी बन्नु मुद्दाको निम्ति अनिवार्य रहेको बताउँदै भने, जनतालाई पार्टीले गुप्तीकार्य गरिरहेको छ भन्नु हुँदैन। मुद्दा एउटै हो, गुप्ती भन्ने के छ र? गरेको जनताको निम्ति हो अनि जनतालाई गुप्ती छ, पार्टीको मात्र कुरा हो भन्नु गलत हुन्छ। उनले मोर्चाको जुन उड़ान छ त्यो सराहनीय रहेको तर दलभित्रका कतिपय ठिगाविगाको कार्यहरूले अनि त्यसमा मोर्चाको सन्तुलनले व्यापक असन्तुष्टी उपार्जन गरिरहेको सत्य सबैले स्वीकार्नु पर्ने बताउँदै भने, पहाड़मा आएको पैसाको प्रयोग कि त निर्वाचित संस्था कि त मनोनित कि सरकारीरूपले गरिए राम्रो हुन्छ। उनले अन्तरिममाथि क्रामाकपाको अड़ान स्पष्ट पार्दै दागोपापको विकल्प गोर्खाल्याण्ड मात्र हुने अनि यदि पहाड़मा अन्तरिम व्यवस्थाको बहाली हुनुपर्छ भने त्यसले भारतमा गोर्खाहरूको चिन्हारी, अस्मिता बोकेको हुनुपर्ने बताए। यस सम्बन्धमा बङ्गालबाट छुट्टिनु नै आन्दोलनको आकांक्षा रहेको कसैले भुल्नु नहुने कुरा पनि बारम्बार दोहोर्याए। रोशन गिरीले मोर्चाले विकल्प होइन अन्तरिमको कुरा गरेको भएपनि अहिले त्यसको सन्दर्भ नरहेकोले मोर्चा गोर्खाल्याण्डमाथि नै अडिग रहेको स्पष्टिकरण दिए। यसैबीच गोर्खाल्याण्डको विकल्पको कुरा उठेकोले सिरामोले उठाउँदै आइरहेको सिक्किम दार्जीलिङ विलयको कुरा पनि चर्चामा आयो।
मोर्चाले गोर्खाल्याण्ड थन्कायो भने म विलयको आन्दोलन गर्नेछु-
मोक्तान
यस सम्बन्धमा आर. मोक्तानले अहिले विलयको मुद्दा गोर्खाल्याण्डको आन्दोलन चलिरहेको कारण सान्दर्भिक नरहेको बताउँदै पनि आफूसित विलयको निम्ति सम्पूर्ण तथ्यहरू रहेको बताउँदै भने, यदि मोर्चाले गोर्खाल्याण्ड आन्दोलन कुनै कारण थन्कायो भने म विलयको आन्दोलन गर्नेछु। किन भने मैले गोर्खाल्याण्डको विकल्पको रूपमा विलयको मुद्दा जिउँदै राखेको छु। उनले विलय हुनसक्ने सबै तथ्यगत् बुँदाहरू पनि कार्यक्रममा राखे। चिन्हारीको सवालमा गोर्खाल्याण्ड आन्दोलन भइरहेकोले अहिलेको निम्ति त्यही ठीक रहेको बताउँदै बङ्गाल भङ्ग हुँदैन भन्नेहरूलाई विलयको मुद्दाको झटारोले हिर्काए ठहरै हुने पनि उनले जनाए। अर्कोतिर आर.बी. राईले जातीय अस्मिताको सवालमा राष्ट्रस्तरमा दार्जीलिङले आवाज उठाउन केन्द्रिय भूमिका निर्वाह गरिरहेको कारण सिक्किममा दार्जीलिङ होइन दार्जीलिङमा सिक्किम विलय गर्न कार्य गरे भविष्यमा एउटा सम्भाव्य मुद्दा हुन सक्ने बताए।अर्कोतिर डा. हर्कबहादुर छेत्रीले भने दार्जीलिङ सिक्किममा विलय हुनको निम्ति सिक्किमलेे योग्य ठाउँ नठान्ने रहेको कारण विलयप्रति मोर्चाले चासो नदिएको बताए। विलयले बङ्गालबाट छुट्टिए पनि चिन्हारीको समस्या समाधान नहुने पनि उनले जनाए। कार्यक्रममा मुख्यरूपले मुद्दाको निम्ति मोर्चा अनि अरू दलबीच सहमति हुनुपर्ने, मोर्चा पारदर्शी हुनुपर्ने, अन्तरिम भए पनि त्यो बङ्गालबाट छुटिएको हुनुपर्ने कि त त्यसको सिमित आयु हुनुपर्ने लगायत मुद्दाको निम्ति केन्द्रियस्तरमा हुनुपर्ने राजनैतिक कार्यव्यवहार बलियो हुनुपर्ने अनि यदि आन्दोलनले जनाकांक्षा पूर्ति नगरे त्यसको विकल्पको निम्ति विलयको मुद्दालाई अघि लैजान सकिने निचोड़हरू अघिआएको थियो। यसबाहेक मोर्चाले प्रस्तावित गोर्खाल्याण्डको मानचित्र अनि क्षेत्रहरूको अंशग्रहणमाथि निक्कै गम्भीर अनि पारदर्शी हुनुपर्ने कुरा पनि अघि आएको थियो।
विधानसभा चुनाउलाई हेरेर सेटअपको कुरा गरेको हो-मोर्चा
कालेबुङ, 30 जनवरीः अहिले मोर्चा अध्यक्ष विमल गुरूङले राजनैतिक वार्ता अघि नै एउटा सेटअपको कुरा जनतालाई खुलासा गर्ने कुराले निक्कै खुल्दुली मच्चाएको छ। आज एक कार्यक्रमबीच गोजमुमो महासचिव रोशन गिरीले त्यसबारे स्पष्टिकरण दिँदै भने,2011 मा हुने विधानसभा चुनाउभन्दा अघि गोर्खाल्याण्डमाथि कुनै निर्णय हुन नसक्ने मोर्चाले अनुभव गरेको छ। चौथौ वार्तामा केन्द्र सरकार पक्षबाट मोर्चालाई दागोपाप भङ्ग गरेपछि पहाड़मा अन्तरिम व्यवस्था गर्न आफै एउटा प्याकेज बोकेर आएको थियो। तर हामीले मानेनौं। हामीलाई राज्य र केन्द्रले विभिन्न प्याकेज र सहुलियत दिएर फकाउने कोशिष गरिरहेको छ। तर हामीले सबै कुरालाई लत्याइदिएका छौं। गोर्खाल्याण्डको आन्दोलन अघि बढ़ाउनको निम्ति दागोपाप भङ्ग हुनु जरूरी छ। यसै कारण अहिलेको परिस्थितिलाई हेरेर हामीले आफ्नै सेटअप गरेर केन्द्रलाई पठाएका छौं,जो गोर्खाल्याण्ड राज्य बराबर क्षमताको छ। हामीलाई केन्द्रले हाम्रो सेटअप मान्छ जस्तो लागेको छैन। मान्यो भने त्यो गोर्खाल्याण्डको बराबर क्षमताको छ। तर त्यो पनि हामीले 2011को विधानसभा चुनाउसम्मको निम्ति अस्थायीरूपमा पहाड़मा प्रशासनिक व्यवस्था बहालीको निम्ति गरेका हौं। त्यो नै फाइनल कुरा होइन । जनता नआत्तिए हुन्छ किन भने मोर्चा मुद्दाबाट एक सुता पनि पछि हटेको छैन। उनले कस्तो सेटअप हो त्यसबारे पॉंचौं वार्ता अघि मोर्चाले जनतामा खुलासा गर्ने बताए।
प्रस्तावित गोर्खाल्याण्डको मानचित्र घटाएको समाचार झुटो हो-डा.
छेत्री
कालेबुङ, 30 जनवरीः आज हिमालय दर्पण नेपाली दैनिकमा प्रकाशित मोर्चाले प्रस्तावित गोखाल्याण्डको सीमालाई घटाएको समाचार सरासर झुटो रहेको कुरा डा. हर्कबहादुर छेत्रीले जनाएका छन्। पत्रिकामा आफ्नो नक्सा देख्दा कुनै परायको नक्सा हेेरेको झैं भान आज आफूलाई भएको बताउँदै उनले भने, मैले त्यस पत्रिकामा कुनै पनि प्रेस वक्तव्य दिएको छुइनँ। जतिपनि कुरा मेरो नाममा आएको छ त्यो मैले भनेको होइन। राती आनन्द बाजार पत्रिकाको सम्वाददाता भनेर फोन आएको थियो। मैले गोर्खाल्याण्डको मानचित्रबारे आउनसक्ने फेरबदलबारे कुरा गरेको थिएँ। किन भने मोर्चाले तराई, डुवर्स अनि पहाड़का मोर्चा समर्थित अनि गोर्खा-आदिवासी (जो गोर्खाल्याण्ड समर्थित छन्।) बहुल क्षेत्रलाई लिएर नयॉं मानचित्र बनाइने मोर्चाको योजना छदैंछ। मोर्चा अध्यक्षले जुन रिपोर्ट केन्द्रलाई पठाएको कुरा गरेका छन् त्यसैको सन्दर्भमा मेरो कुरा थियो। पत्रकारले उल्टो बुझेको हुनसक्छ। तर मैले अन्य प्रेस या त कुनै समाचार एजेन्सीलाई कुनै मन्तव्य दिएको छुइनँ। त्यो समाचार झुटो हो। उनले जुन पत्रिकाले झुटो समाचार छापेको छ उसले स्रोतमाथि सम्पर्क गरेेर सत्य कुरा लेख्नुपर्ने थियो भन्ने मन्तव्य गरे। उनले मोर्चाले सिलगढ़ी, डुवर्स, तराई कुनै पनि क्षेत्रलाई नछोड़ेको भए पनि गोर्खाबहुल क्षेत्रहरूलाई मात्र राज्यमा प्राथमिकता दिने अनि त्यो पनि सरकारसित नेगोसेसन गर्नु पर्दाको निम्ति मात्र रहेको उनले बताए। त्यस समाचारले व्यापक अन्योल उपार्जन गरेको भएपनि सीमा सानो पारेको कुरा झुटो रहेको बुझ्नु पर्ने बताए। अहिलेको परिस्थितिमा पत्रिकाले मोर्चालाई व्यापक हानी पुर्याउने समाचार छापेको भएपनि पत्रिकाविरूद्ध मोर्चाको कस्तो कार्वाही हुने भन्ने कुरा भने उनले गरेनन्।
31 जनवरीः
कालेबुङ, 31 जनवरीः आज गोजमुमो

उनले पत्रिकाले उल्लेख गरेजस्तो मोर्चाले कार्य गर्ने भए, यति लामो आन्दोलन नै नहुने आशयमा भने, म विद्वान भएको भए दुइ महीनामा नै मुद्दा बेचिसकेको हुन्थें। म त कमाने मान्छे हुँ। जनताले के चहान्छ त्यो गर्न आएको हुँ। मसित स्टडी फोरम छ जसको फिडव्याकले माथ्थिलो तहमा गर्नुपर्ने काम गरिरहेका छौं। हामीले कसैलाई धोका नदिने कसम खाइसकेका छौं। यदि मैले गरेको कार्य जनहितमा भएन भने मलाई जे गर्दा पनि हुन्छ, तर गर्दै गरेको राम्रो कामलाई बिगार्ने प्रयास गर्नु राम्रोे हुँदैन। उनले सबैभन्दा पीड़ित स्वंसेवक शिक्षकहरू रहेको बताउँदै सबैको निम्ति आफूले राम्रो सेटअप गर्ने बताए। उनले सरकारले दिएको करोड़ौं रूपियालाई गलत दृष्टिकोणले हेर्नु नहुने बताउँदै भने, आएको पैसाको प्रयोग राम्रोसित भएको हुनुपर्छ। सरकारले के दिन्छ त्यसलाई उचित प्रयोगमा ल्याउनु पर्छ। हामीलाई असुविधा छ। खॉंचो छ। सरकारले करोड़ौ रुपियॉं हामीले चलाउन सक्छ , सक्दैन भनेर हेर्दैछ। हामी हन्ड्रेटपर्सेन्ट चलाउन सक्छौं। समस्या छ। पैसा प्रयोग गर्छौं। कसैको खेत चिरा परेेको छ। खोला सुकेको छ। बाटो भत्केको छ। सरकारको पैसालाई गलतरूपले नहेर्नु। उनले सबै असुविधालाई हेरेर राम्रो सेटअप गरेको अनि त्यो जनस्वीकार्य रहेको पनि बताए।
फरेन लिक्वरबाट ट्याक्स सरकारलाई पहिले नै गएको हुँदो रहेछ -डा.छेत्री
कालेबुङ, 31 जनवरीः आज गोजमुमालेे आधिकारिकरूपमा फरेन लिक्वरमाथिको प्रतिबन्ध हटाइएको घोषणा गर्यो। पत्रकारहरूसित बातचित गर्दै मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले भने, 1 फरवरीदेखि प्रतिबन्ध लगाइएको सबै फरेन लिक्वर बेच्ने अपसपहरूलाई खुला गरिनेछ। प्रतिबन्ध हटाउनुको कारण के हो भनेर पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, फरेन लिक्वर किन्दा अघिबाट नै त्यसको ट्याक्स कम्पनीले सरकारलाई बुझाएको हुँदोरहेछ। यसकारण अघिबाट नै सरकारले ट्याक्स पाएको लिक्वरमा प्रतिबन्ध लगाएर केही फाइदा छैन। डा. हर्कबहादुर छेत्रीले फरेन लिक्वरले लिभर साह्रो नबिगार्ने तथा फरेन लिक्वर स्तरीय हुने पनि बताए। उनले फरेन लिक्वर बेच्ने अपसपहरू खुला गरेको बताएता पनि सिक्किमका लिक्वरहरूलाई भने बिक्रि गर्न नदिने बताउँदै भने, अरू ठाउँका लिक्वरहरू बेच्न पाइन्छ तर सिक्किमका लिक्वरलाई पहाड़मा छिर्न दिइनेछैन। सिक्किमबाट रक्सी धेरै मात्रामा छिरिरहेको अनि यसले पहाड़का जनतालाई ़व्यापक हानी पुर्याइरहेको पनि उनले जनाए। आज मोर्चाले मद्मदिराबाट प्रतिबन्ध हटाए पनि जनतालाई सरकारले मदिराबाट अघिबाट नै ट्याक्स पाइसक्ने कुरा अनि प्रतिबन्ध अनावश्यक रहेको कुरा भने थाहा थियो। ढिलै भएपनि मोर्चाले ठीक कुरा थाहा पाएको कुरा नगरमा भइरहेको सुनिएको थियो।
सबैलाई फाइदा हुने वैकल्पिक व्यवस्थाको सुझाव सरकारलाई दिएका छौं-गोजमुमो
क ालेबुङ, 31 जनवरीः एक भेटमा पत्रकारहरूलाई मोर्चाले गरेको सेटअपबारे मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले टिप्पणी गर्दै भने, एउटा राम्रो, सबैलाई फाइदा हुने, राज्य जत्तिकै क्षमतावान वैकल्पिक व्यवस्थाको सेटअप गरेर केन्द्रलाई सुझाव पठाएका छौं। जो सरकारले मान्न पनि सक्छ नमान्न पनि सक्छ। उनले सेटअपको सम्बन्ध गोर्खाल्याण्डसित कदाचित नरहेको बताउँदै तेस्रो वार्तामा होम सेक्रेटेरीले दागोपापको भ्याकुमका चलाउने व्य

अड़कलबाजीको कुरामा क्रामाकपाले विश्वास गर्दैन-आर.बी. राइ
र्कालेबुङ, 31 जनव

मोर्चा विरूद्ध युजिआरएफको पर्चा कालेबुङमा
कालेबुङ, 31 जनवरीः मोर्चा अध्यक्ष विमल गुरूङले 28 न. समष्टीको भ्रमण अवधी पत्रिकातिर नयॉं सेटअपको कुरा गरेको समाचार प्रकाशित भएकै दिन कालेबुङमा युनाइटेड गोर्खा लिबरेशन फ्रण्टको पर्चा व्यापक मात्रामा देखापर्यो। पर्चामा गोजमुमोले पनि जनताको आकांक्षा पूर्ति गर्न नसक्ने उनीहरूको कार्य प्रणाली अनि नयॉं सेटपको कुराहरूले स्पष्ट भएको कारण अब होसियार हुनुपर्ने अनि नयॉंरूपले आन्दोलन गर्नको निम्ति तयार हुनुपर्ने कुरा उल्लेख गरिएको छ। अचम्मलाग्दो घटना के देखापर्यो भने सोही दिन विमल गुरूङले सेटअपको कुरा गरेका थिए भने सोही दिन त्यसप्रकारका पर्चा देखापरेको थियो। कसले पर्चा फैलाएको हो त्यसबारे कुनै जानकारी पाइएको छैन भने पर्चा राती नै पसलहरूको ढोकाबाट छिराइएको अनि सड़कभरि छरिएको देखापरेको थियो।
सोमवार, 25 जनवरी 2010
कालेबुङ, 25 जनवरीः
कालेबुङ, 25 जनवरीः कालेबुङ नगर सानो भए पनि नगरको ट्राफिक समस्या भने सानो छैन। प्रायः दिनैपिच्छे हुने ट्राफिक समस्याले भने जनजीवनलाई तहसनहस नै पारेको छ। यात्रीहरू न त भनेको समयमा नै लक्ष्यमा पुग्न सकिरहेका छन् न त ट्राफिक व्यवस्थापनमा प्रशासनिक दायित्व नै निर्वाह भइरहेको छ। यसै पनि मोर्चाको पथावरोधले यातायातलाई पुर्याइरहेको समस्यामा ट्राफिक प्रशासनले पनि आफ्नो दायित्व ननिभाएपछि त्यहॉंबाट उत्पन्न हुने समस्याको मार भने नागरिकहरूले भोग्नुपर्ने बाध्यताले निजात पाउन सकिरहेको छैन। ट्राफिक निकायमा एक त कालेबुङको ट्राफिकको टुप्पो नै नबुझिकन नै ओसी फेर्ने परम्परा छ, त्यहींमाथि चालकहरूको मनपरीले दिनहुँ जुन ट्राफिक समस्याको उपार्जन भइरहेको छ यसमा को दायी छ, यसको खोजी गर्नेहरू पनि छाती ठोकेर कोही अघि आएका छैनन्। आज पनि स्थानीय 10 माइलमा लगभग 1 घण्टा नै जाम लाग्यो। जामको कारण गाड़ी सॉंघुरो बाटोमा छोड़ेर चालक लापत्ता हुने अनि सॉंघुरो बाटोमा डबल लाइन गाड़ी कुदाई रहेको देखिए पनि त्यसको समाधान गर्ने न त कुनै ट्राफिक पुलिस नै थियो न त समस्या नै समाधान भइरहेको थियो। जाममा फँसेका चालकहरू आफै नै जाम हटाउने प्रयासमा उत्रिएका देखिए। पत्रकारहरू त्यहॉं आइपुग्दा समस्या 1 घण्टादेखि रहेको थाहा लाग्यो। केही क्षणपछि एक ट्राफिक पुलिस देखिए पनि एकजनाले समाधान गर्ने समस्या त्यो थिएन। समस्याबारे बुझ्न ट्राफिक कार्यालयमा पत्रकारहरू पुग्दा कार्यालयमा कोही थिएनन्। न त ट्राफिक समस्या समाधान गर्न नै ट्राफिक पुलिस पुगेका थिए न त कार्यालयमा नै कोही थिए। उसो भए कहॉं थिए त ट्राफिक पुलिसहरू? अचम्भ लाग्दो प्रश्न तेर्सिन थालेको छ। नगरमा ट्राफिक प्रशासनले न नोपार्किङमा गाड़ी राख्नेहरूलाई नै कार्वाही गरिरहेको छ न त डबल लाइन गाड़ी कुदाउनेहरूलाई नै। आखिर ट्राफिक समस्याको कारण कमजोर प्रशासनिक पहल हो कि चालकहरूको लापरवाही? यसबारे टाउको कसले दुखाउने?
चोरी आरोपको खण्डन
कालेबुङ, 25 जनवरीः बन्द रोपवे-को गोदामबाट लगभग 31 लाख रुपियॉंको बराबर मूल्यको सामाग्री चोरेर सिलगढ़ी पुर्याइएको भनेर चन्द्रिका सुब्बा, भानु छेत्री, अमोन लेप्चा तथा अन्यले लगाएको आरोप झुटो रहेको कथित आरोपी अबुल फजलले बताएका छन्।
अबुल फजलले महकुमा अधिकारीको कार्यालयमा सात सितम्बर 2009 को दिन बसेको आपतकालीन बैठकमा लिएको निर्णय अनुरूप नै रोपवे गोदामका सामानहरू त्यहॉंबाट अन्यत्र सार्न खोजिएको जनाए। उनले त्यहॉंका सामानहरू सार्न खोज्दा त्यहॉंका युवाहरूले रोकेपछि फादर ग्रेगोरीले सामान युवाहरूले सुरक्षित राख्न सक्छ भने राखून्-भन्ने निर्देश दिएपछि सामान त्यहीं नै छोड़ेको बताए। उनले सामानहरू उठाए क्षतिपूर्ति शीघ्र दिनेकुरा एनएचपीसीले गरेको कारण आफूहरूलाई आएको नोटिशको आधारमा सामान उठाएको उनले बताए। उनले सामको गोदामका सामानहरू चोरी भइरहेको कारण ती सामानहरूको सुरक्षाको निम्ति एनएचपीसीलाई असुविधा गरेकोले सामानहरू अन्यत्र लगिएको बताउँदै, ती सामानहरूमा धेरैको नजर परेको जसबाट फाइदा लिन खोज्नेहरू प्रसस्तै रहेको पनि उनले बताए। आफूलाई लगाएको आरोपको कुनै आधार नै नरहेको कुरा उनले बारम्बार दोहोर्याए।
कर्मचारीहरू ज्यान दिन पनि तयार छन् ः खड्गविक्रम सुब्बा
कालेबुङ, 25 जनवरीः पॉंचौं त्रिपक्षीय वार्ताको निम्ति सरकारले 45 दिनको समय मागेको भए पनि 35 दिन बितिसक्दासम्म पनि आजसम्म सरकार पक्षबाट कुनै प्रकारको पहल औ चासो भने देखाएको देखिएको छैन। यी सबै कुरालाई लिएर मोर्चाले 21 जनवरीदेखि सरकारलाई दवाब दिन विविध कार्यक्रमहरू जुलूस, 2 घण्टे पथ अवरोध, जनसभा आदि क्रमिक रूपमा गर्न थालेको हो। तर मोर्चाले जारी राखेको विभिन्न सङ्गठनहरूको क्रमिक अनशन 31 दिन अनि विद्यार्थी मोर्चाको 23 दिन बितिसक्दा पनि न त राज्य सरकारले चासो देखाएको छ, न त केन्द्रले। अर्कोतिर 21 जनवरीदेखि शुरू गरिएको विविध कार्यक्रम पनि रमिता मात्र रहेको अनि सरकार पक्षबाट कुनै प्रकारको पहल नभएको थाहा लागेको छ। यी सबै कुराहरूलाई मध्यनजर गरी सरकारले मोर्चाको कार्यक्रमलाई अनदेखा गरे आन्दोलन झन तीब्र गतिमा चर्काएर लाने आज एक पत्रकार सम्मेलनमा जनमुक्ति कर्मचारी सङ्गठन महकुमा समितिका अध्यक्ष खड्गविक्रम सुब्बाले बताए। गोर्खाल्याण्ड प्राप्तीको निम्ति बङ्गाल सरकार र केन्द्र सरकारको कर्मचारीहरू पनि आफ्नो नोकरीलाई दाउमा हालेर समर्पित भइसकेको अनि यदि अब पनि सरकार पक्षबाट कुनै प्रकारको पहल नगरे आफूहरू ज्यान समेत अर्पिनु तयार रहेको बताए। मोर्चा अध्यक्ष विमल गुरुङको निर्देश अनुसार फ्यॉंकिएको कार्यक्रमलाई कठिनाई र चुनौतीहरूको सामना गरेर भए पनि सङ्गठन कटिवद्ध रहने औं पहाड़का आन्दोलनको कारण कुनै अप्रिय घटना घटे सरकार जिम्मेवारी हुनपर्ने पनि उनले बताए। 21 जनवरीदेखि मोर्चाले शुरू गरेको जुलूस, पथ अवरोध अनि जनसभा कार्यक्रम अन्तर्गत जकस महकुमा समितिले 27 जनवरीको दिन महाजुलूसको आयोजना गर्ने अनि उक्त दिन सम्पूर्ण कर्मचारीहरू छुट्टी व्यवस्था मिलाएर कार्यक्रममा सहभागिता जनाउन बिहान 10 बजी मेलाटारमा आइदिने आह्वान पनि उनले गरेका छन्।
जीएलपीमाथि आक्रमण
कालेबुङ, 25 जनवरीः घटना सॉंड़ेचारतिरको हो। घटना अनुसार त्रिवेणीमा दार्जीलिङबाट वनभोज खेल्ने टोली आएको थियो तर वनभोज खेल्नेहरूमध्ये एकले मद्पान गरेको अवस्थामा त्यहॉंस्थित भूतपूर्व सैनिक मोर्चाका प्रतिनिधि अनि जीएलपीसित जीएलपीको आचारसंहिता पालन नगरेपछि तनाउ सृष्टि भएको थियो। दुवै पक्षमा निक्कै चर्काचर्की भएपछि जीएलपीले त्रिवेणीको गेट बन्द गरेको थियो जसलाई वनभोज टोलीको गाड़ीले तोड़ीदियो। सोही बेला गेटमा रहेका जीएलपी अर्जुन तामाङ गम्भीर रूपले घाइते भए। उनलाई महकुमा अस्पताल ल्याइएको छ। उनीसित नै अन्य तीनजना जीएलपीलाई सामान्य चोटपटक लागेको खबर छ।
घटनापछि घटनाको खबर आगो झैं फैलिएको थियो। सुनिए अनुसार जीएलपीसित झड़प गर्नेहरू मोर्चाकै सक्रिय सदस्यहरू हुन् तर यस कुराको आधिकारिक पुष्टि हुन सकेन। हल्ला अनुसार जीएलपीसित झड़प गर्ने सिंहमारीका अरूण साम्पाङ राई हुन् तर यस कुरालाई पनि कसैले पुष्टि गर्न सकेनन्। जीएलपी अर्जुन तामाङले बताए अनुसार झगड़ा गर्नेहरू मातेका थिए। उनीहरूले नियन्त्रणमा राख्न खोज्दा तनाउ भएको हो। हल्ला अनुसार झगड़ा गर्ने नाइकेले म पनि मोर्चाकैे मान्छे हुँ, आफ्नै ठाउँमा मलाई हगडग गर्ने को हो? भन्ने शब्द बारम्बार उच्चारण गरेका थिए तर जीएलपीले पनि यस कुराको पुष्टि गर्न सकेनन्। यसै सम्बन्धमा पत्रकारहरूले भूतपूर्व मोर्चाका सचिव मेजर एस.पी. वार्नरसित जान्न चॉंहदा झगड़ा गर्नेबारे पूर्ण विवरण नपाइएको अनि मोर्चाले नै झगड़ालुहरूलाई कार्वाही गर्ने टेलिफोनद्वारा बताएका छन्। यसै सम्बन्धमा मोर्चा उपाध्यक्ष कल्याण देवानसित जान्न चॉंहदा उनले पनि घटनाबारे जॉंच पड़ताल भइरहेको नै जनाएका छन्।
रविवार, 24 जनवरी 2010
अन्य समाचारहरू -24 जनवरीः
होल्याण्ड होइन गीतकोलबोङबाट निर्यात गरिने लिलियमको बल्ब
कालेबुङ, 24 जनवरीः दार्जीलिङमा विश्व चर्चित लिलियम फूल विस्तारणको सम्भावना देखेपछि कालेबुङ कृषक कल्याण सङ्गठन मार्फत होल्याण्डका भीडब्ल्यूएस कम्पनीले पहाड़मा कार्य गर्ने भएको छ। भीडब्ल्यूएस कम्पनी होल्याण्डका जोहन ब्रास आज कालेबुङ आइपुगेका थिए। अहिलेसम्म लिलियमका बल्बहरू होल्याण्डबाट नै मगाउनु पर्ने बाध्यता पहाड़, सिक्किम तथा उत्तरपूर्वी क्षेत्रका फूल खेती गर्नेहरूलाई रहेको थियो भने अब होल्याण्डबाट होइन गीतकोलबोङबाट लिलियमका बल्ब विश्वलाई प्रदान गराउने उद्देश्यमा कालेबुङ कृषक कल्याण सङ्गठनले कार्य गरिरहेको छ। यसै शिलशिलालाई व्यवहारिकता दिन होल्याण्डका जोहन ब्रास सङ्गठनको कार्यालय आइपुगेका थिए जहॉं उपस्थित कृषकहरूलाई उनले लिलियमको बल्ब उत्पादन गर्न सकिने वातावरण रहेको कारण यसको विकासको निम्ति अप्नाउनु पर्ने सबै तरिकाबारे उनले अवगत गराए। कार्यक्रममा हिमालयन फ्लोरिका दिल्लीका निर्देशक निरज छेत्रीको पनि उपस्थिति रहेको थियो भने उनले पनि कृषकहरूलाई प्रशिक्षण दिए। जोहन ब्रासले होल्याण्डको यस कम्पनीले पहिलो चोटी कार्य आरम्भ गरेको अनि तीनवर्षदेखि सिक्किममा कार्य गरिरहेको जनाए। उनले लिलियमको उत्पादन भए त्यसको मार्केटिङ अनि पोस्ट हार्भेस्टिङको व्यवस्था मिलाइने बताए। सङ्गठनका सचिव विष्णु छेत्रीले गीतकोलबोङमा लिलियमको बल्ब उत्पादन गरिने अनि विश्वभरि नै यसको निर्यात गरिने योजनामा सङ्गठनको पहल भइरहेको अनि यसै पहलको पहिलोचरण शुरू भइसकेको जनाएका छन्।
विचारप्रधान पत्रिका युगध्वनिको विमोचन
कालेबुङ, 24 जनवरीः 24 न. समष्टिबाट आजदेखि निस्कियो युगध्वनी। पासाङ लामाद्वारा प्रकाशित अनि भुवन खनालद्वारा सम्पादित मासिक विचारप्रधान पत्रिका युगध्वनिलाई आज सार्वजनिक गरियो। स्थानीय एक होटलमा मुख्य अतिथि डा. हर्कबहादुर छेत्री, कार्यक्रम अध्यक्ष प्रा. परशुराम शर्मा, डा. आर.बी. भूजेल, कर्णल रमेश आले, भीषण रोका अनि हरि दाहालको बाहुलीबाट पत्रिकाको विमोचन गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूमाथि समाज उत्थानको गह्रौं दायित्व रहेको बताए। उनले जनताले भन्न नसकेको आवाजलाई पत्रकारहरूले प्रकाश पार्नु पर्ने जनाउँदै युगध्वनिको पदार्पण एउटा उपलब्धी नै रहेको जनाए। अन्यायमा रूमलिएको समाजलाई न्याय दिने कार्यमा युगध्वनिको पदक्षेप हुने आशा पनि उनले व्यक्त गरे। यसरी नै नाम्ची सरकारी कलेजका प्रा. परशु शर्माले जनाकांक्षालाई प्रकाश पार्न युगध्वनिले पहल गर्ने आशावादिता प्रकट गरे। डा. आर.बी. भूजेलले युगध्वनिले युवावर्गलाई मार्ग निर्देशन गर्ने आशा व्यक्त गरे। प्रकाशक पासाङ लामा अनि रूदेन लेप्चाले यस पत्रिका डेढ़ वर्ष प्रकाशित गर्ने आर्थिक प्रबन्धन आफूहरूले गरिसकेको जनाए। पत्रकार अनि सम्पादक भुवन खनालले पत्रिका अनि पत्रकारिता सम्बन्धी आफ्नो कुरा पनि राखेका थिए।
प्रशान्तद्वारा अकीन कन्सल्टेन्ट-को उद्घाटन
कालेबुङ, 24 जनवरीः इण्डियन आइडल प्रशान्त तामाङले कालेबुङमा पहिलोचोटि स्थापित अकीन कल्सल्टेन्सी-को औपचारिक उद्घाटन गरे। एनएचडीएल-ले कालेबुङका मानिसहरूलाई सुविधा उपलब्ध गर्न स्थापना गरेको टीन फेसिलेशन सेन्टर अकीन कन्सल्ट्यान्ट-को उद्घाटन गर्न प्रशान्त तामाङ कालेबुङ आइपुगेका थिए। उनले रिबन काटेर यस सेन्टरको उद्घाटन गरे। मुख्य अतिथि प्रशान्त तामाङले रिबन काटेर औपचारिक उद्घाटन गरेको यस सेन्टरले स्थानीय मानिसहरूलाई टीएएन, डिजिटल सिग्नेयर, इम्पोर्ट एक्सपोर्ट कोड, प्यान कार्ड अनि प्यान भेरिफिकेशन, सोसाइटी रेजिस्ट्रेशन अनि रिनुअल, प्रोजेक्ट रिपोर्ट अनि त्यसको इम्प्लिमेन्टेशन अनि प्रायर परमिशन लगायत फाइनेन्सियल अनि म्यानेजमेन्ट सम्बन्धमा सुविधा र सेवा उपलब्ध गर्ने निर्मल अग्रवालले बताएका छन्। उनले प्रतिदिनको एकाउन्टिङ, बुक कीपिङ कम्पनी फर्मेशन, सेक्रेटेरियल मेटर्स, इन्कम ट्याक्स एक्ट 1961 अनुसार भीएस 35 एसी रेजिस्ट्रेशन, भीएस12ए अनि 80जी रेजिस्ट्रेशन गर्ने मात्र होइन सिलगढ़ी गएर काम गर्नु पर्ने टीडीएस-को क्वाटरलीरिटर्न प्रिपरेशन अनि फिलिङको सुविधा पनि यसै सेन्टरद्वारा हुने जनाएका छन्।
अब नायक प्रशान्त
