रविवार, 28 मार्च 2010
लीग, क्रामकपा, भाजपा, गोरामुमो-सी मोर्चाको विपक्षमा रहेपनि कंग्रेस अनि माकपा भने मोर्चाको पक्षमा
मनोज वोगटी
कालेबुङ,28 मार्चःगोजमुमोले अन्तरिम व्यवस्थाको निम्ति केन्द्रलाई जुन रिपोर्ट पठायो त्यसलाई लिएर अहिले विभिन्न दलहरूले विभिन्न वयानबाजी गरिरहेको छ। गोर्खालीगले अन्तरिम व्यवस्था होइन यही अन्तिम व्यवस्था हो अनि मोर्चाले गोर्खाल्याण्ड आन्दोलनलाई थन्कायो भन्ने आरोप लगाइरहेको छ। भाजपाले मोर्चा सेटअपतिर लागेको अनि जनतालाई फेरि धोका हुने भएकोले भाजपाले नै आन्दोलन गर्ने बताइरहेको छ भने क्रामाकपाले अन्तरिम होस् वा अरू नै केही त्यसले बङ्गालबाट उन्मुक्ति अनि भारतभरीको गोर्खाहरूको चिन्हारीको सङ्कट समाधान हुनुपर्छ भनिरहेको छ। तर आज कंग्रेस अनि माकपाले भने मोर्चाले अन्तरिम व्यवस्थाको जुन कुरा गरिरहेको छ त्यसलाई उचित कार्यपहल बताएको छ।
मोर्चाको पहल समयसापेक्षःकंग्रेस
अहिलेको राजनैतिक परिस्थितिलाई ध्यानमा राखेर नै आन्दोलन हुनुपर्छ। यस अर्थमा गोजमुमोले जुन पहल गरिरहेको छ त्यही उचित हो-हिल कङ्ग्रेसका जिल्ला सचिव दीलिप प्रधानले आज एक भेटमा यसो भने। प्रधानले स्पष्टसित भने, विधानसभा चुनाउसम्म राज्य गठनको कुनै प्रक्रिया हुँदैन, यो वर्तमान परिस्थिति हो। राज्य गठनको निम्ति केही हुँदैन भने डेढ़ वर्ष बिनाप्राप्तीको आन्दोलन गरिरहने कुनै आवश्यकता नै छैन। मोर्चाले परिस्थिति बुझेर नै अन्तरिममा जोड़ दिइरहेको भन्दै तिनले विधानसभा चुनाउ भन्दा अघि राज्य गठनको निम्ति केही निर्णय आउन नसक्ने परिस्थितिलाई मोर्चाले बुझेर त्यसबीच जनतालाई असुविधा नहोस् भन्ने उद्देश्य राखेको बताउँदै भने, मोर्चाले 2011 सम्मको निम्ति अन्तरिमको कुरा गर्छ भने त्यसलाई कङ्ग्रेसले समयसापेक्ष पहल मान्छ। किनभने राज्यमा त 64 वटा मात्र विभाग हुने हामीलाई थाहा छ तर मोर्चाले त 102 वटा विभाग भन्दैछ। हामीले पनि मोर्चाको रिपोर्ट हेर्यौं सबै राम्रो छ। त्यति हो त्यो राज्य चाहिँ होइन तर स्टेट वीतइन स्टेट भनेको हो नै। तिनले एक प्रश्नको उत्तरमा भने, जिल्ला भाजपाले गोर्खाल्याण्ड आन्दोलन गर्छु भन्दैछ तर राज्यको भाजपा भने गोर्खाल्याण्डको विरोधमा छ। गोर्खालीगले पनि विरोध गर्दैछ, क्रामाकपाले चिह्नारी नबोक्ने सेटअप नमान्ने भन्दैछ तर त्यो उनीहरूको दलीय विचार मात्र हो। मोर्चाले 1 वर्षको निम्ति भनेको सेटअपलाई लिएर बोल्नु बेकार हो किनभने सबैलाई थाहा छ विधानसभा अघि राज्य हुनै सक्तैन। तिनले गोर्खाल्याण्ड आन्दोलनको उपार्जक बङ्गाल सरकार नै रहेको अनि समस्या बङ्गालकै रहेको बताउँदै भने, बङ्गालको कुनै दलले पनि गोर्खाल्याण्डलाई समर्थन गर्दैन। त्यसकारण 1 वर्षको निम्ति सेटअप उपयुक्त विचार हो। जिल्लाको भाजपाले जुन सेटअप बङ्गालकै अधिनको कुरा बताइरहेको छ त्यसबारे प्रश्न गर्दा प्रधानले पनि भने, अधिन त बङ्गालकै हो तर जनताले सपोर्ट गरिरहेको छ। जनतालाई केही भन्न सकिन्न। जनताको परिस्थिति अनि यहॉंको अर्थनैतिक परिस्थितिलाई हेर्दा सेटअप नराम्रो नरहेको कुरामा तिनले जोड़ दिए।
कङ्ग्रेसको भनाइ के छ भने जताभावी आन्दोलन गरेर केही हुँदैन। राष्ट्रिय राजनैतिक परिस्थिति बुझ्नुपर्छ। चुनाउ अघि केही हुनै सक्तैन, तिनले भने।
अन्तरिमको विरोध गर्नु अनुचितःमाकपा
अर्कोतिर जिल्ला माकपाका प्रतिनिधि तारा सुन्दासले माकपाले भारतको संघीय प्रणालीभित्र सानो राज्यले समस्या समाधान हुने कुरा केवल कल्पना मात्र रहेको बताउँदै मोर्चाले गरिरहेको अन्तरिम व्यवस्थाको कुरा उपयुक्त रहेको जनाए। तिनले भने, हामीले त बारम्बार भनिरहेका थियौं कि पहाड़लाई स्वायत्त शासन दिनुपर्छ, धेरै अधिकार दिनुपर्छ। यो दियो भने पहाड़ आफै सक्षम बन्नेछ। सबै समस्याको समाधान हुनेछ। मोर्चाको अन्तरिमले ती नै अधिकारहरूको कुरा गरेको छ जो नठीक होइन। तिनले मोर्चाको अन्तरिम व्यवस्था तथा रिपोर्टको विरोधमा बोल्नु पानी धमिल्याएर माछा मार्ने काम मात्र रहेको जनाउँदै भने, विरोध गर्नेहरूले के छैटौं त्रिपक्षीय वार्ता हुनुहुँदैन भनेको हो? मोर्चाले त केवल प्रस्ताव पठाएको हो। त्यही चुड़ान्त होइन। हुन पनि सक्छ, नहुन पनि सक्छ। तर अहिले नै प्रस्तावमाथि विरोध गर्नु राम्रो राजनीति होइन। तिनले मोर्चाको प्रस्ताव पारित हुने अवस्थामा पुगे अनि त्यसले कति कुरा छोड़े, त्यतिबेला विरोध गर्नु उचित हुने बताउँदै अझ थपे, अहिले राज्य र केन्द्रले कति कुरामा सम्झौता गरेर अघि बढ़ेको छ अनि मोर्चाले पनि कति कुरामा सम्झौता गरेर अघि आएको छ। जे कुरा हुने भइरहेको छ, त्यो के कारणले नराम्रो छ त? परिस्थिति अनि अवस्थालाई बुझेर राजनीति गर्न जान्नुपर्छ। तिनले कतिपय दलले गर्ने चिह्नारीको कुरा केवल भावनात्मक रहेको जनाउँदै भने, यहॉं शोषणको कुरा गरिन्छ तर यो शोषण हुनुमा को दायी छ, के जसले शोषण भयो भन्दैछन् उनीहरू नै दायी छैनन्? शोषण मुक्त हुनुको निम्ति शिक्षित अनि अधिकार प्राप्त गर्ने क्षमताशील हुनु जरूरी छ। राज्यले चिह्नारी बन्दैन। बन्ने भए पञ्जाब र हरियाणा हुने थिएन। गोर्खाहरू शिक्षित भए भने चिह्नारी आफै बनिन्छ। सुन्दासले राज्य सरकार र माकपा भिन्न भिन्न रहे पनि सरकारी अधिकारीहरूले गर्ने अन्यायको दोष माकपालाई दिनु उचित नरहेको बताउँदै भने, गोर्खाहरू शिक्षित हुनुपर्छ, उच्च निकायको अहोदामा पुग्नुपर्छ र त्यहींबाट नै बिद्रोह गर्नुपर्छ। यसको निम्ति स्वायत्त शासन र अधिकारहरू जरूरी पर्छ। ती बङ्गाली समुदाय दशौं पुस्तादेखि शिक्षित रहेको तर गोर्खाहरू केवल एक पुस्ता शिक्षित रहेको बताउँदै भने, शिक्षितहरूलाई चिह्नारीको सङ्कट पर्दैन। आफ्ना सन्ततीलाई शिक्षित बनाएर उच्च निकायका अहोदामा पुर्याउनेतिर नसोंचेर केवल नाराबाजी गर्नु, जनसभा गर्नु र क्षेत्रीय राजनीति गरेर नेता हुनु ठूलो कुरा होइन।
अडिग रहने क्रामाकपा
अर्कोतिर क्रामाकपा भने अरूले जे भने पनि गोर्खाल्याण्ड मुद्दामा अडिग रहने आञ्चलिक कमिटी क्रामाकपाका सचिव मोहन पौड्यालले जनाए। तिनले भने, क्रामाकपा माकपाबाट त्यसै छुट्टिएको होइन। माकपाले गोर्खाहरूको आकांक्षा पूर्ण नगर्ने बुझेर नै क्रामाकपा गठन भएको हो। क्रामाकपा केवल गोर्खाल्याण्डको निम्ति हो। तिनले क्रामाकपाको लक्ष्य केवल गोर्खाल्याण्ड रहेकोले अडिग रहने बताउँदै भने, हामीले भनिसकेका छौं सेटअप होस् वा जे सुकै त्यसले देशभरिका गोर्खाहरूको चिह्नारी बोक्नुपर्छ। बङ्गालबाट उन्मुक्त हुनुपर्छ। यी दुवै नहुने कुनै पनि कुरा क्रामाकपाले स्वीकार गर्दैन। गोर्खाल्याण्डको कुनै विकल्प नै छैन। आज क्रामाकपाको आञ्चलिक कमिटीको सभा सम्पन्न भएको अनि 25 अप्रेलको दिन पुरानो कमिटी विघटन गरेर नयॉं कमिटी गठन गर्ने बताउँदै तिनले भने, सभामा स्थानीय समस्याहरू जस्तै पानी, ग्यास, विद्यार्थीहरूको स्टाइफण्ड तथा अन्यान्यबारे चर्चा गरियो, जसबारे क्रामाकपाले आवाज उठाउने छ।
शनिवार, 27 मार्च 2010
सेटअप होइन यो अर्को धोका हो-दावा शेर्पा
कालेबुङ, 27 मार्चः भाजपा राज्य कमिटीका सचिव दावा शेर्पा भाजपाको कार्यक्रम तयार पार्न आज कालेबुङ आइपुगेका थिए। उनले गोजमुमोले गोर्खाल्याण्ड मुद्दा छोड़ेर अन्तरिमतिर लागेकोले जनतालाई फेरि धोकाबाट बचाउन भाजपा आन्दोलन गर्न अघि आएको आज पत्रकारहरूलाई बताए। सबै दलहरूको सहमति अनि सामुहिक निर्णय अनुसार भाजपाले उप्रान्त आन्दोलन अघि बढ़ाउने जनाउँदै उनले भने-अन्तरिम सेटअप अर्को धोका हो। हामी धोका हुन दिनेछैनौं। भाजपाले आन्दोलन अघि बढ़ाएर लैजान केन्द्रिय समितिलाई भाजपा जिल्ला कमिटीले प्रस्ताव पठाइसकेको जनाउँदै एक प्रश्नको उत्तरमा उनले भने-मोर्चाले क्षेत्रीय स्तरमा काम गर्दैथ्यो। भाजपाले गोर्खाल्याण्डको निम्ति सहयोग गरेको थियो तर मोर्चा गोर्खाल्याण्ड छोड़ेर सेटअपमा लाग्यो। जनता सेटअपको निम्ति होइन गोर्खाल्याण्डको निम्ति आएको हो। तर जनतालाई धोका हुन गइरहेको छ, त्यो हामी गर्न दिनेछैनौं। मोर्चामाथि प्रश्न उठाउँदै उनले 2011 सम्म भनिएको अन्तरिम 2011 पछि के हुन्छ? भन्ने कुरा स्पष्ट नरहेको बताउँदै भने-मोर्चाले भनोस्-2012 मा गोर्खाल्याण्ड हुन्छ भनेर कसैले भनेको छ भने खुलासा गरोस्, भाजपाले आन्दोलन यहीं थन्काउँछ। नत्र दुइवटै कुरा स्पष्ट छ 2011 देखि कि त दागोपापतिरै फर्किनु पर्यो कि त फेरि आन्दोलन गर्नुपर्यो।
उनले भाजपाले आन्दोलन गर्ने कुरा दावा शेर्पाको व्यक्तिगत निर्णय नरहेर जिल्ला कमिटीले प्रस्ताव ल्याएर आन्दोलन गर्ने घोषणा गरेको अनि शीघ्र नै कार्यक्रमहरू अघि ल्याउने बताए। उनले मोर्चाप्रति कटाक्ष गर्दै जनताले बजेट र विभागको निम्ति आन्दोलन गरेको हो? भन्ने प्रश्न उठाउँदै भाजपाले केवल गोर्खाल्याण्डको निम्ति सहयोग गरेको तर कुरा सेटअपको आयो यसको निम्ति भाजपाले सहयोग नगर्ने बताउँदै भने-अन्तरिम भनेको हाफपेन्ट लाउने नोकरलाई टाइ लाउने नोकर बनाएको जस्तो हो तर नोकर त नोकरै हो। हामी बङ्गालबाट उन्मुक्तिको कुरा गर्दैछौं। चिह्नारीको कुरा गर्दैछौं। 120-25 वटै विभाग होस् तर बस्नु त बङ्गालमै हो। हामी त्यो मान्दैनौं।
मोर्चाले पहाड़ तराईमा हुँदै नहुने कपास, जुट बन्दरगाहको कुरा गरेको तर सिन्कोना र चियाको भने उल्लेखै नगरेको बताउँदै मोर्चाको रिपोर्टमाथि भाजपाको विश्वास नै नरहेको बताए। खासमा, जनतालाई धोका हुँदैछ। मोर्चा बङ्गालको चङ्गुलमा फँसिसक्यो। बङ्गालले मोर्चाको घॉंटी समातिसकेको छ, अब उम्किने ठाउँ छैन। मोर्चाले जस्तो भाजपाले नोटको गान्धीवाद होइन असल गान्धीवाद देखाउँछ-उनले भने।
अन्तरिम पछि गोर्खाल्याण्ड
कालेबुङ, 27 मार्चः सोझै गोर्खाल्याण्ड हुन नसक्ने कुरा स्वीकार्दै तर गोर्खाल्याण्ड पुग्नैको निम्ति अन्तरिमको बाटो भएर जानुपर्ने परिस्थिति रहेकोले मोर्चाले अन्तरिम व्यवस्थाको कुरा अघि बढ़ाएको कुरा आज गोजमुमो सचिव रोशन गिरीले बताए। त्रिपक्षीय वार्ताबारे जनतालाई बताउन कालेबुङको डम्बरचौकमा गरिएको जनसभामा बोल्दै रोशन गिरीले अझ भने-यो अन्तरिम तीनै पक्ष बसेर लेजिसलेटिभ अन्तर्गत पारित भएको हुनुपर्छ। हामीले स्पष्ट पारेका छौं अन्तरिमले गोर्खाल्याण्डको बाउण्डेरी भत्काउँदैन र यो 2011 सम्मको निम्ति हो। अन्तरिमपछि नै गोर्खाल्याण्डको प्रक्रिया चल्छ।
मोर्चाको रिपोर्टलाई छैटौं अनुसूचीसित तुलना गर्नेहरूलाई इङ्गित गर्दै उनले भने-सुवास घिसिङ अनि दागोपापले गोर्खाल्याण्ड ड्रप गरेको छ, हाम्रो रिपोर्टले गोर्खाल्याण्डको आन्दोलन र मुद्दालाई कुनै असर गर्दैन भनेको छ। उनले अझ तुलनात्मक टिप्पणी राख्दै दागोपापमा 19 वटा विभाग रहेको तर अन्तरिममा 102 वटा विभाग रहेको बताए। छैटौं अनुसूचीले जात उपजातमा विभाजन गर्ने भएकोले विरोध गरेको तर अन्तरिमले ट्राइबल बनाए सबैलाई एकतामा राख्ने बताउँदै उनले भने-सेड्यूल कास्टको स्टाटस र बेनिफिटहरू अन्तरिममा उल्लेख गरिएको ट्राइबलको दाबीले यथावत राख्नेछ। उनले नागाल्याण्ड, अरूणाचल, मणिपूर पनि ट्राइबल रहेको तर छैटौं अनुसूची नरहेको बताउँदै उनले भने-ट्राइबल हुने भनेको छैटौं अनुसूची होइन। तर नबुझ्नेहरूले यसैलाई लिएर अन्योलता खड़ा गरिरहेको छ। ट्राइबललाई छैटौं अनुसूचीसित नदॉंज्नू। सूचना एवं तक्निकीको जमाना हो। हामीसित भिजन छ। यदि हामीले छैटौं अनुसूची नै मागेको भन्छ भने आऊ जनतालाई अघि राखौं, आर्गुमेन्ट गरौं। हामीले ढॉंटेको हो भने जनताले कार्वाही गर्छ तर मदन तामाङले ढॉंटेको हो भने उनलाई पनि जनताले नै कार्वाही गर्छ। अन्तरिमपछि राज्य भएका अरू राज्यहरूको उदाहरण अघि राख्दै उनले भारत सरकारले गोर्खाहरूको आवश्यकता बुझिसकेको दाबी पनि गरे। अन्तरिम नै अन्तरिम नरहेको, 102 बुँदामा अझ बुँदा थप्ने, अन्तरिम भएपछि त्यो व्यवस्था चलाउन मोर्चा प्रतिनिधिहरू नबस्ने, अन्तरिम पछि नै गोर्खाल्याण्ड ल्याएरै छोड्ने आज उनको सम्बोधनको सार रहेको थियो। दावा शेर्पा, दावा पाखरीन, सुवास घिसिङ, मदन तामाङप्रति पनि गिरी खनिए। जनता नै नभएको नेताको कुरा सुन्नै नहुने बताउँदै उनले अन्तरिमले नै राज्यमा हुने जम्मै अधिकार मागेको जसले राज्य भएपछि कार्यपहलमा सुविधा ल्याउने पनि उनले जनाए। अन्तरिम व्यवस्था राज्यकै तयारी रहेको दाबी गर्दै आदिवासी विकास परिषद्ले पनि अन्तरिम व्यवस्थालाई स्वीकार गरेको बताए।
राजीबप्रताप रूढ़ी, सुषमा स्वराजले मंोर्चाको गोर्खाल्याण्डको निम्ति कार्यपहल गरिरहेका छन्, केन्द्रिय भाजपा मोर्चासित छ फेरि दार्जीलिङबाट भाजपाले मोर्चासित सम्बन्ध विच्छेद गर्यो, भाजपाले आन्दोलन गर्छ भन्दैछ, त्यो कहॉंको भाजपा हो? कसैले पनि राजनैतिक आकांक्षा लिएर राजनीति नगरोस्, मुद्दा बिथोल्ने कार्य नगरोस्-गिरीले भने।
चिया, सिन्कोना, अस्थायी कर्मचारीलाई अन्तरिमले समेट्नेछःडा. छेत्री
102 बुँदे मागमा कुलैनबारी, चियाबारी, अस्थायी कर्मचारीहरूलाई छोड्यो भनेर विपक्षीले राजनैतिक तर्क राख्दै प्रतिक्रिया गर्दैछ। यसैबाट बुझ्नुपर्छ उनीहरूमा कति ज्ञान छ, कति राजनीति जान्दछ-मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले यसै जनसभामा भने। उनले थपे-चिया र कुलैनको मिनिस्ट्री छैन। हामीले इण्डस्ट्रीको कुरा गरेका छौं, यसैभित्र चिया र कुलैनबारी पनि आउँछ। उद्योग सम्बन्धित हुनुपर्ने सबै दाबी यसै मागभित्र पर्छ। विपक्षीलाई यसको ज्ञान छैन। यसैकारण नपढ़ी, नबुझी उनीहरूले विरोध गर्दैछन्। उनले अस्थायी कर्मचारीहरूको कुरा उल्लेख गर्दै भने-दागोपापको 19 वटा विभागमा छरिएर बसेका अस्थायी कर्मचारीहरू अन्तरिमको 102 वटा विभागमा अचार जस्तो पनि हुँदैनन्। अस्थायी कर्मचारीहरू जस्ता हजारौंले काम पाउँछन्। केन्द्रलाई गोर्खाल्याण्डबारे पूर्ण रूपमा शिक्षित गरेको, केन्द्रिय दलहरूको सहमति सङ्ग्रह गरिरहेको 19 वटा मेमोरेण्डम केन्द्रलाई बुझाएर राष्ट्रिय स्तरमा गोर्खाल्याण्डको निम्ति प्रशस्त काम गरेर फर्किंदा आफ्नै ठाउँमा भने स-साना कुरा झिकेर, आफ्नो अज्ञानताको कारण विपक्षीहरूले भने जनतालाई अन्योलमा पार्ने काम मात्र गरिरहेको आरोप लगाउँदै उनले भने-भाजपाको दावा शेर्पा जनता नै नभएको डी.के. प्रधानहरूलाई लिएर कालेबुङमा मिटिङ गर्दैछन्, जसले मोर्चाको उच्चस्तरीय कार्य पद्धति नै बुझ्न सक्दैनन्। उनीहरूले मुद्दा बिगार्ने षड्यन्त्र गरिरहेछन्। अब उनीहरूलाई कसरी लिनुपर्छ गम्भीरतापूर्वक सोंच्नुपर्छ। हामी अन्तरिम भन्छौं उनीहरू अन्तिम बुझ्छन्। यस्ताहरूलाई के गर्नुपर्ने जनताले नै विचार्नु पर्छ। उनले वार्तामा भएको कुराकानीको विवरण विभिन्न कथाहरूको उदाहरणसित नै राखे
कसम खाए गुरुङले
गोर्खाल्याण्ड अनि बङ्गालबाट छुट्टिनको निम्ति समय लाग्छ। थुप्रै सेटअपहरू गर्दै अघि बढ्नुपर्छ; त्यसैकारण अन्तरिम व्यवस्थाको कुरा गर्दैछौं। यसमा हाम्रो कुनै स्वार्थ छैन। चौकीको निम्ति हामी आएका होइनौं-भन्दै डुवर्सका साङ्गठानिक प्रतिनिधि सामुएल गुरुङले जनसभामा कसम खाए। उनले भने- म कुनै स्वार्थमा मोर्चामा आएको होइन। केवल गोर्खाल्याण्डको निम्ति आएको हुँ। जसको उदाहरण दिन म कसम खान्छु, जुन दिन अन्तरिम पारित हुन्छ म गोजमुमोबाट राजीनामा दिन्छु। यो 2011 सम्म चल्छ। यसको मियाद सक्ने बित्तिकै म दलमा फेरि आउँछु। त्यस अवधिभित्र म मोर्चा, विमल गुरुङ कोही चिन्दिनँ। अन्तरिमको मियाद सकिएपछि गोर्खाल्याण्ड राज्यको प्रक्रिया अघि बढ्छ। राज्य भएपछि पनि म कुनै चौकीमा बस्दिनँ। उनले मोर्चाका प्रतिनिधिहरू इमान्दार रहेको तर घिसिङले भने दागोपाप थाप्दा गोर्खाल्याण्ड ड्रप गरेको बताउँदै गोरामुमो र गोजमुमोमा प्रशस्तै अन्तर रहेको जनाए। उनले गोर्खालीग नेता मदन तामाङलाई गनगने बुढ़ोको संज्ञा दिँदै मोर्चाले 29 महीनामा पॉंचवटा त्रिपक्षीय वार्ता गरेर गोर्खाल्याण्डको पहल यहॉंसम्म ल्याउँदा पनि गनगन गर्न मदन तामाङले नछोड़ेको तर गनगन गरेजस्तो मुद्दाको निम्ति भने ढलेको सिन्का नभॉंचेको बताए। अन्तरिम भनेको घर नबनिञ्जेल डेरामा बसेको जस्तो रहेको बताउँदै डुवर्स गोर्खाल्याण्डको निम्ति पूर्ण सहमतिमा रहेको पनि उनले जनाए।
मानहानीको मुद्दा लाउँछौं-आशा
सबैको निम्ति मोर्चाले गोर्खाल्याण्ड मागेको भए पनि विपक्षी नेताहरूले कुरै नबुझी आरोपहरू लगाएको कुरा गर्दै आशा गुरुङले भनिन्-व्यक्तिगत आक्षेपहरू पनि लगाउँदैछ, साह्रै भयो भने मानहानीको मुद्दा लागाउँछौं। उनले मोर्चाको लक्ष्य गोर्खाल्याण्ड मात्र रहेको जनाउँदै राज्य गठन गरेरै छोड्ने कटिबद्धता प्रकट गरिन्।
बङ्गालका गोर्खाल्याण्ड विरोधी माकपा नेताहरूप्रति पनि खनिँदै उनले भनिन्- बङ्ग भङ्ग होबेना भनेको ठीकै हो, किनभने हाम्रो प्रस्तावित क्षेत्र बङ्गालको भए पो भङ्ग हुन्छ। विपक्षीहरूलाई भुक्ने कुकुरको संज्ञा दिँदै भुक्नेहरू भुक्दै गर्छ, मोर्चा विथोलिँदैन भनिन्। उनले पत्र-पत्रिकामा आउने सबै कुरा सत्य नहुने बताउँदै जनतालाई भनिन-पेपरमा नजानुहोस्, सबै सही हुँदैन भ्रममा पार्छ। सबैले मोर्चालाई कदममा कदम दिनुपर्छ। लक्ष्य भेटेरै छोड्छौं। यसै जनसभाबाट उद्घोषक मोतीप्रसाद शर्माले आशा गुरुङलाई कुलबधुश्रीको उपनाम पनि दिए।
शुक्रवार, 26 मार्च 2010
पतनको मुखेञ्जी ब्रिटीशकालीन हस्तशिल्प केन्द्र
कालेबुङ, 26 मार्चः कालेबुङमा ऐतिहासिक धरोहरहरू दिनोदिन पतनोन्मुख बनिरहेको छ। कालेबुङ वरिपरि यसप्रकारका धरोहरहरू धेरै छन् जो उचित संरक्षण नपाएर अस्तित्वहीन बन्ने अवस्थामा छन्। 86 को आन्दोलनमा यस्ता धरोहरहरू पहाड़मा धेरै जलाइए भने तीमध्ये सबैभन्दा अधिक कालेबुङमा जलाएको कतिपय स्थानीय बृद्धहरू बताउँछन्। यसै क्रममा डम्बरचौक छेउको जनमुक्ति पार्क भएको ठाउँमा पनि ब्रिटिशकालीन हस्तशिल्प केन्द्र रहेको अनि त्यही केन्द्रमा तालिम लिएर डम्बरचौक छेउमा पसल थापेर बसेको बताउँछन् 93 वर्षीय फुपछिरिङ भोटिया। कालेबुङमा अधिकांश लेप्चाहरूसित नै अन्य मिश्रित नेपाली अनि भोटेहरू पनि बसोबास गर्थे। त्यसताक श्रीमती ग्राहम्स कालेबुङमा थिइन्। उनको आफ्नो कर्मक्षेत्र डा. ग्राहम्स होम्स रहेको भए पनि कालेबुङको मानिसहरूको अवस्था बुझेर औ त्यस समयको बाल विवाह, दाइजो प्रथा, कलिलो उमेरमा सन्तानोत्पति, त्यसै घरमा कुरेर बस्नेहरूको समस्यालाई मध्यनजर गर्दै आयरल्याण्ड अनि स्कटल्याण्डबाट धागो ल्याएर लगभग 1902 सालतिर तान बुन्न सिकाउन शुरू गरिन्। 1905 सालतिर उनले यहॉंका महिलाहरूलाई भेला गरी सानो खरको छाप्रो लगाई स्वास्थ्य शिक्षा, अङ्ग्रेजी अक्षर सिकाउन शुरू गरिन्। वृद्धहरूलाई कुखुरा अनि परेवा पाल्न सिकाइन्। जसले गर्दा त्यहॉंका मानिसहरूको आर्थिक विकास हुन थाल्यो। श्रीमती ग्राहम्सले यहॉंको पुरुषवर्गलाई पनि काठ, चॉंदी आदिको तिब्बती डिजाइनमा गहनाहरू बनाउन प्रोत्साहन दिइन्। पछिपछि कालेबुङमा बनिएका सामानहरू इंग्ल्याण्ड, आयरल्याण्ड अनि अन्य ठाउँहरूमा प्रसिद्ध बन्दै गयो। उनले अहिलेको जनमुक्ति पार्क अनि गोर्खा जनमुक्ति मोर्चाको कार्यालय भएको ठाउँमा 1907
सालमा चार-पॉंचजना महिलाहरूलाई लिएर आट्र्स एण्ड क्राफ्ट इण्डस्ट्रियल स्कूल स्थापना गरेकी थिइन्। त्यसताक कालेबुङमा दक्ष सिकर्मीहरू एकाध रहेकोले अन्य तराई खण्डबाट ल्याउन पर्थ्यो। स्थानीय मानिसहरूलाई पनि काष्ठकलामा दक्ष बनाउन श्रीमती ग्राहम्सले 1909 सालमा काष्ठशिल्प तालिम केन्द्र पनि खोलिन्। कालेबुङका मानिसहरू केन्द्रमा तालिम लिन धेरै मात्रामा आउने गर्थे। पछिबाट अङ्ग्रेजले छोड़ेर गएपछि मिशिनेरी कार्यालय कालेबुङका छिरिङ काबो, लाछिरिङ टाइपिस्ट बाबु, पी.एन. विश्व, हर्कधोज राई, रणदीप राई, फूपछिरिङ भोटिया, एन.बी. दाहाल अनि अन्यले चलाउन थाले। भारत स्वतन्त्र भएपछि यो संस्था 1958 सालमा को-अपरेटिभ सोसाइटी बन्न गयो। ग्राहम्सले केन्द्रमा जाने बाटोमा आफ्नो छोरी क्याथरिनको नाममा 1957 मा गेट बनाइदिएकी थिइन् जो आज पनि डम्बरचौक पछाड़ि जननजरदेखि ओझेलमा परेर बसेको छ। जसलाई कालेबुङको धरोहर मान्न सकिन्छ। यस गेटबाट मानिसहरू मात्र होइन गाड़ीहरू पनि छिर्ने गरेको बताउँछन् फूपछिरिङ भोटिया। उनी अझ भन्छन्-15 मई 1919 मा क्याथरिन ग्राहम्सको देहान्त भयो। सोही दिन छोरी बण्टी अनि नर्मन ओर्लिङले महत्त्वपूर्ण जिन्कोबोयोलोबाको पौधा आमाको सम्झनामा आट्र्स एण्ड क्राफ्ट परिसरमा रोपेका थिए जो आज पनि जनमुक्ति पार्कको बीचमा सोंचनीय अवस्थामा रहेको छ। यो वृक्ष एशिया महादेशमा यहॉं मात्र रहेको औ यसको बोक्रा डाइनोसरले खोजी खोजी खाने गरेकोले यसको छुट्टै महत्त्व रहेको कतिपय बृद्धहरूको भनाइ रहेको छ। यहॉंको आट्र्स एण्ड क्राफ्ट इण्डस्ट्रीमा बुनिएको सामानहरू, जङ्गली झारपातबाट तयार पारिएका रङहरू विदेशमा पनि प्रसिद्ध बन्दै गयो। त्यसबेला इण्डस्ट्रीमा ऊनीको, सुतीको गलैंचा, पेचवर्क स्थानीय चित्राङ्कन, लाप्चे नाम्जा, टेबल छोप्ने लुगा, आगोको राप छेल्ने पर्दा, रूमाल, काठ अनि बॉंसबाट खोपिएको हस्तकला बनिने गर्थ्यो। सुन्दर रूपमा तयार पारिएको समान प्रदर्शन गर्ने शोरूम 1964 सालमा आगलागी भएपछि करोड़ौं रुपियॉंको समानाहरू खरानी भएको थियो। लगत्तै पछि 24 मई 1965 सालमा पश्चिम बङ्गालका मुख्यमन्त्री पी.सी. सेनले शिलान्यास गरेर पुनः निर्माण गरियो। तर पछिबाट 1986 देखि दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन गोरामुमोले चर्काएर अघि बढ़ाउन शुरू गर्यो अनि 40 दिनको बन्द पनि डाकिएको थियो। त्यही बन्दको समयमा 16 फरवरी 1988 सालमा कालेबुङको सुन्दर आट्र्स एण्ड क्राफ्ट धरोहर ध्वस्त बन्यो। यसरी ध्वस्त बनेपछि यहॉं इण्डस्ट्रियल पार्क बनिएर गयो पछिबाट 2008 सालमा गोजमुमोले यसलाई जनमुक्ति पार्क नामाकरण गर्यो। 45 वर्षसम्म आट्र्स एण्ड क्राफ्टमा काम गरेपछि लगभग 35 वर्ष अघि फुपछिरिङ भोटियाले दोकान शुरू गरे। आज उनको दोकान भएको ठाउँमा राजा एडवर्ड सातौं अनि रानी अलेक्जाण्डरको स्मृति स्वरूप बाबु रामचरण मिन्त्रीले 1902 सालमा कोरोनेशन डिस्पेन्सरी खोलेका थिए। पछिबाट डिस्पेन्सरी यहॉंको महकुमा अस्पताल परिसरमा सारिएपछि खाली रहेको ठाउँमा भोटियाले दोकान शुरू गरे। 93 वर्षीय फुपछिरिङ भोटिया आज पनि हसिँला रसिला छन्। दोकानमा आउनेहरूलाई जोड़ी चकलेट दिन्छन् उनी। उनी नेपाली, अङ्ग्रेजी, हिन्दी, बङ्गला भाषा पनि स्पष्ट बोल्न सक्छन्। उनी आफ्नै हातले काठको ड्—यागन, लाप्चे टोपी, बटुवा, काठको मार्क्स, झोला, जातीय वेशभूषा प्याचवर्क आदि बनाएर पसलमा राख्ने गर्छन्। सिजन भएको बेला कारीगर राखेर काम गर्ने गरेको तर सिजन नहुँदा भने एक्लै काम गर्ने गरेको बताउँछन् उनी। विशेष गरेर दोकानको सामानहरू पर्यटकहरूले मात्र किन्ने गरेको तर स्थानीय जनसाधारणले भने हस्तकलाको महत्त्व नबुझेको पनि गुनासो गर्छन् उनी। तर पनि पहाड़वासी एवं आदिवासीहरूको संस्कृतिमा आधारित सामाग्रीहरू पर्यटकहरूको केन्द्र बन्दै गइरहेको छ। यस पसलमा कालेबुङका कतिपय कलाकारहरूले आफ्नो मेहनतलाई व्यवसायमा संलग्न बनाइरहेको भोटिया बताउछन्। मुख्यगरी यस पसलमा स्थानीय घरेलु उद्योग धन्दा गर्ने कलाकारहरूद्वारा निर्मित सामाग्रीहरू बिक्री गरिन्छन्। फलस्वरूप बेकारी समस्या समाधान मात्र नभएर कतिपय युवा तथा परिवारको आर्थिक अवस्थामा पनि विकास ल्याउन सहायता पुगेको भोटिया बताउँछन्। हस्तशिल्प नै लगनशीलतासँग सिकेर काम गरे सरकारी नोकरी खोज्न नपर्ने पनि बताउँछन् भोटिया। घरेलु उद्योगलाई विभागले ध्यान दिए सायद यहॉंको कला पनि ठूला-ठूला नगर तथा अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिन्छ भन्ने यहॉंका कलाकारहरूले विश्वास राखेका छन्।

गुरुवार, 25 मार्च 2010
राजनैतिक चलखेलहरूबीच उठिरहेका प्रश्नहरू-1
मनोज वोगटी
कालेबुङ, 25 मार्चः पहाड़मा गोर्खाल्याण्डको निम्ति चर्किएको आन्दोलन-दुइ अहिले वार्ता न.6 मा पुगिसकेको छ। मोर्चा आन्दोलनको नाइके दल छ। अरू दलहरूले मोर्चालाई बाहिरबाट समर्थन दिइरहेको थियो तर अहिले ती नै दलहरूले मोर्चालाई विभिन्न आरोपहरू लगाइरहेको छ। मोर्चा पनि आफ्नो कार्यपहलमा स्पष्ट छैन अनि जनसहमतिको कुरामा शिक्षित छैन। यसो हुँदा घरभित्र नै द्वन्द्वात्मक स्थिति उपार्जित छ। अझ पनि अन्योलता फाटेको छैन। एउटै मुद्दा भएपनि दलीय मतभिन्नता हुनु सानो क्षेत्रको गतिलो आश्चर्य हो। केले दलहरूलाई फ्याक-फ्याक पारेको हो कसैले पनि बुझ्न सकेको छैन। मुद्दाको निम्ति के भइरहेको छ त्यो खुल्ला पनि छैन। बिरोध गर्नेहरूको विरोध गर्नुको आधारभूमि के हो? आन्दोलन गर्नेहरूको आधाररेखा के हो? केही पनि स्पष्ट छैन। कुन दल कति पानीमा छ? कुन दलले जनाधार र जनाकांक्षालाई लोकतान्त्रिक अनि गणतान्त्रिक शक्ति मानेको छ? केही स्पष्ट छैन। यी नै अन्योलपरक स्थितिबीच विभिन्नस्तरमा विभिन्न प्रश्नहरू मड़ारिरहेको छ। ती नै प्रश्नहरूलाई यहॉं टिपिएको छ।
1. जबदेखि गोजमुमोले गोर्खाल्याण्ड छोड़ेर दागोपापको साटो अन्तरिम प्रशासनिक व्यवस्थाको कुरा गर्यो तबदेखि नै राजनैतिक मतभेद टुसाउन थालेको हो। गोर्खाल्याण्डको कुरा गर्दा-गर्दै पहिले दागोपाप ऐन रद्द गर्नु पर्ने आवश्यकता ठानियो। तर यो रद्द हुने बित्तिकै आउने भ्याकुमको निम्ति एउटा अन्तरिम प्रशासनिक व्यवस्था चाहिने भयो। मोर्चा त्यसपछि भ्याकुम भर्ने कुरामा केन्द्रित बन्यो। यसैबीच मोर्चालाई केन्द्रले त्यो व्यवस्थाको निम्ति थुप्रै क्षमता दिन प्रस्ताव नै पठायो अनि मोर्चाले तिम्रो प्रस्ताव मान्दैनौं, हाम्रै प्रस्ताव पठाउँछौं भन्दै गुप्ती रिपोर्ट पठाएको कुरा गर्यो। मोर्चाले बारम्बार राज्यलाई अनदेखा गर्दै केवल केन्द्रसित कार्य व्यवहार गरेको भन्दै रिपोर्ट पठाइदिएको कुरा गर्यो। लगभग महीना दिनसम्म त्यो रिपोर्ट खुलस्त गर भनेर विपक्षी करायो। तर वार्तामा केन्द्रले केवल तीन दिन अघिमात्र रिपोर्ट पाएको कुरा गरेपछि मोर्चाको तमाम अड़ानको पर्दाफास भयो। मोर्चाले लगभग महीना दिन अघि नै रिपोर्ट पठाएको कुरा गरेर पहाड़मा अन्योलको वातावरण बनायो तर केन्द्रले वार्ताको तीन दिन अघि मात्र रिपोर्ट पाएको बताएपछि मोर्चाले छोपेर राखेको कुरा ह्वाङ्गै भयो। मोर्चाले त जनतालाई पो तीन दिन अघि मात्र रिपोर्टबारे बताएको थियो के त्यही दिन नै मोर्चाले केन्द्रलाई रिपोर्ट पठायो? त्यसो हो भने 28 न. समष्टिको भ्रमण गर्दै रिपोर्ट पठाएका छौं भनेर जनतालाई किन ढॉंटियो? किन अन्योलको वातावरण निर्माण गरियो? यसको पछि कुन राजनैतिक उद्देश्य छ?
2. मोर्चाले राज्यसित कुनै कार्य व्यवहार नगर्ने बताएको थियो तर वार्तामा राज्यले स्पष्ट पार्यो-हामीले रिपोर्ट पाएनौं त्यसकारण रिपोर्टबारे कुरा गर्न सकिन्न। तब पो सबैलाई थाहा भयो त्रिपक्षीय भनिएको वार्तामा राज्यलाई रिपोर्ट नपठाउँदा वार्ता नै पो सफल नहुने कुरा। कुन उद्देश्यले राज्यलाई रिपोर्ट पठाइएन? मोर्चालाई थाहा थिएन राज्यले नपाएको रिपोर्टबारे वार्तामा कुनै निर्णय नै आउँदैन भनेर?
3. मोर्चाले वार्तामा पहिले गोर्खाल्याण्डको कुरा हुने अनि निर्णय नआए सेटअपको कुरा गर्ने बताएको थियो। वार्तामा केन्द्रले तीन दिन अघि मात्र रिपोर्ट पाएको अनि राज्यले त त्यो पनि पाउँदै नपाएको बताएपछि वार्ता नै नहुनु पर्ने तर वार्ता भयो। निर्णय नै नआउने भएपछि पनि वार्ता भयो। वार्तामा रिपोर्ट नपाएकोले निर्णय हुँदैन भन्ने बुझेपछि गोर्खाल्याण्डकै कुरा चर्किनु पर्ने होइन?
4. 102 बुँदे रिपोर्ट पठायो मोर्चाले। अहिले त्यसलाई लिएर व्यापक विवाद उठेपछि संशोधनको कुरा चल्दैछ। उता केन्द्रिय स्तरमा अरू राज्य निर्माणको निम्ति समिति गठन हुने कुरा चल्दैछ। मोर्चाले गर्ने रिपोर्टको संशोधनमा अरू राज्य बनाउनको निम्ति समिति गठन हुन्छ भने गोर्खाल्याण्डको निम्ति पनि समिति गठन गरिनुपर्छ भन्ने बुँदा थप्छ?
5. रिपोर्टले विवाद व्यापक निम्त्याएको छ। तराई-डुवर्सको सॉंध-सिमाना, चिया, कुलैनको कुरा छोड़िएको, छैटौं अनुसूचि नाममा घिसिङले मागेको ट्राइबलकै कुरा जस्तै ट्राइबल बनाइनु पर्ने मोर्चाले पनि माग गरेको, 2011 सम्म भनिएको रिपोर्टमा 5-10 वर्ष लाग्ने क्षमता, चुनाउ, धनराशीको उल्लेख गरिएको मईको बैठकमा नै पारित भयो भने पनि 19 महीना हातमा रहने भएकोले रिपोर्टभित्रको माग डेटलाइनसित अमिल्दो भएको, रिपोर्टले मोर्चाकोे स्थायी आकांक्षातिर इङ्गित गरे पनि 2011 भन्न नछोड़ेको तथा यस्ता अनेकौं आरोप निम्त्याएको रिपोर्टबारे किन अघिबाट नै खुलस्त जनसमीक्षा गरिएन? वार्ताको तीन दिन अघिसम्म मोर्चाको केन्द्रिय कमिटीलाई पनि रिपोर्टबारे थाहा नहुनु आश्चर्य लाग्दो घटना होइन र? मोर्चाले केन्द्रिय कमिटीले थाहा नपाएको रिपोर्ट कसले बनाएको हो? अहिले विवाद उठ्दा केन्द्रिय कमिटीले नै स्पष्टीकरण दिइरहनु भन्दा जसले रिपोर्ट बनाएको हो उनीहरूले नै स्पष्टिकरण दिनु उचित होइन र?
6. मोर्चाले पठाएको रिपोर्ट मोर्चाको निम्ति होइन, जनताको निम्ति हो। त्यसकारण जुनै पनि रिपोर्ट बनाए पनि पहिलो जनसहमति लिनु जरूरी हुन्छ। अन्य दलहरूलाई विश्वासमा लिनु जरूरी हुन्छ। मोर्चाले रिपोर्ट बनाएपछि सबै दललाई रिपोर्टबारे बहस गराउनु, जनता एवं सचेत नागरिक, बुद्धिजीवीसित परामर्श माग्नु अनिवार्य थियो तर त्यसो गरिएन। किन? एउटा कुरा त स्पष्ट छ अरू दलले जे जति भनिरहेको छ त्यो मोर्चाकै गलत तथा शङ्कास्पद कार्यपहलको विरूद्ध भनिरहेको छ। त्यो विरोध गोर्खाल्याण्डको विरोध होइन, गोर्खाल्याण्डको मुद्दा बिग्रन्छ कि भन्ने डर हो। यी सबै कुरा मोर्चालाई थाहा भए पनि किन दलीय सहमति अनि जनसहमतिको निम्ति कुनै सहकार्य नगर्ने?
7. 2011 मा चुनाउ हुन्छ। त्यो चुनाउमा मोर्चाको सहभागिता हुँदैन। भयो भने आफ्नो क्षेत्रबाट गोर्खाल्याण्ड पक्षधर रहेको कुनै दललाई समर्थन मात्र हुन्छ। मोर्चाले चुनाउ लड्दैन। तर बङ्गालमा जुन सरकार आउँछ, त्यो गोर्खाल्याण्डको पक्षमा रहन्छ भन्ने विश्वास कुन आधारमा गर्न सकिन्छ? विधानसभा चुनाउ पनि लोकसभा चुनाउ झैं हिसाब गड़बड़मा टुँगिदैन?
8. कसैले पनि गलत कार्यपहलको विरोधमा बोल्यो कि तोड़फोड़, दहनको घटना देखापर्छ। तोड़फोड़ गर्ने, दहन गर्ने गुट कसैले पनि मेरो हो भन्दैनन्। तर यसप्रकारको घटनाले मोर्चालाई नै बदनाम गराइरहेको छ।गोर्खालाई नै बदनाम गराइरहेको छ। मोर्चालाई नै आरोप आइरहेको छ। त्यसो हो भने त्यो बदमास गुटलाई तह लगाउने पहल मोर्चाले किन गर्दैन? मोर्चा मात्र होइन कुनै पनि दल, गैरसरकारी सङ्गठनले किन गर्दैन? किन भने अशान्तिको माहौल बनियो भने मुद्दालाई नै हानी हुन्छ। यदि गोर्खाल्याण्डको मुद्दाप्रति सबैको मोह, माया छ भने यसलाई बिथोल्ने घटनाहरूको विरोध हुनुपर्ने होइन र?

बुधवार, 24 मार्च 2010
काठमाण्डौमा दार्जीलिङे साहित्यिक रमाइलो
मनोज वोगटी
कालेबुङ, 23 मार्चः त्रिमूर्ति निकेतन काठमाण्डौले महाकवि लक्ष्मीप्रसाद देवकाटा शताब्दी महोत्सवको निम्ति निम्त्याएर काठमाण्डौ पुगेका भारतका सर्जकहरूसित कुराकानी गर्दै नेपाल-भारतमा नै चर्चित सर्जक इन्द्रबहादुर राई वानेश्वरको पार्क होलिडे होटलको एक कोठामा भन्दै थिए-हामीले अब कसो गर्नु पर्ने, अब त हामीलाई लाज भइसक्यो। उता यताजस्तो गर्न सकिरहेका छैनौं। अब उताबाट पनि केही गर्नुपर्यो, तर के गर्ने?
डा.कुमार प्रधान, मनप्रसाद सुब्बा, सञ्जय वान्तवाहरू तर उनलाई चुपचाप सुनिरहेका थिए। भारतका 32 जना सर्जकहरूलाई देवकोटा शताब्दी सम्मानको निम्ति बोेलाइएको अन्तराष्ट्रीय नेपाली भाषासाहित्य सम्मेलनमा नै आयोजित अन्तराष्ट्रीय कवि सम्मेलनलाई अध्यक्षता दिन पुगेकी कालेबुङकी वयोबृद्ध साहित्यकार सानुमति राईले पनि उनलाई घेरिरहेका नेपाल-भारतका नारी सर्जकहरूसित भनिरहेकी थिइन-उहिले अहिलेका जस्तो नारी सर्जकहरूको भीड़ थिएन। अहिले कतिछन् कति तरै पनि गरिएको साहित्यिक योगदानलाई नेपालले सम्झिएकोले खुशी छु। देवकोटा शताब्दी सम्मान कार्यक्रम शुरूहुन अघिल्लो दिन नै आफ्नो कथा सङ्ग्रहको निम्ति नइ पुरस्कार मनिषा कोइराला अनि इन्द्रबहादुर राईको बाहुलीबाट थापेर हर्षित बनेकी दार्जीलिङकी कथाकार नीना राईले सानुमति राईलाई गम्लङ्ग अङ्गालो हालेर आशिर्वाद मागिरहेकी थिइन् भने साङ्मु लेप्चाले भनिरहेकी थिइन्-यो पुरस्कार होइन दायित्व दिइएको हो। साहित्यकार नरबहादुर दाहाल हातभरि पुस्तकहरू बोकेर भनिरहेका थिए-काठमाण्डौको उपहार उता लगिदिनु पर्छ।
पॉंच दिने अन्तराष्ट्रिय साहित्यिक जमघटले नौलो साहित्यिक तरङ उठाएको थियो। अन्मोल क्यटरिङमा भएको खचाखचलाई सम्बोधन गर्दै राष्ट्र कवि माधव घिमिरे भनिरहेका थिए-काव्यमार्फत विश्वव्यापी अनि अमर होइन्छ यसकारण साहित्यको महत्व सधैँ छ। यता अन्तराष्ट्रीय नेपाली भाषासाहित्य सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रबहादुर राईले पनि भनिदिए-तर नेपालमा जस्तो भारतमा नेपाली भाषा समृद्धि सहज छैन। सबै ठाउँ बोलिने भिन्न भिन्न नेपाली भाषालाई एकै खाले बनाउन पाए कति राम्रो हुन्थ्यो होला। भारत,नेपाल अमेरिका,चीन, जापान, म्यानमार, बेल्जियम, रूस, वेलायतबाट आएका प्रतिनिधिहरूले पालैपालो सम्बन्धित राष्ट्र अनि नेपाली भाषासाहित्यःहिजो,आज अनि भोलि-विषयक कार्यपत्र राख्दै आ-आफ्नो ठाउँमा भइरहेको भाषासाहित्यको विकास अनि गरिनुपर्ने दायित्व सबैलाई बुझाइरहेका थिए। भारतबाट सञ्जय वान्तवाले कार्यपत्र राख्दा इन्द्रबहादुर राई, विन्द्या सुब्बा, मनप्रसाद सुब्बा, डा.जीवन नाम्दुङ, नरबहादुर दाहाल, सानुमति राईको अनुहार उज्यालो देखिन्थ्यो। दर्शक दिर्घामा बसेका कथाकार शरद छेत्री अनि गुप्त प्रधान कार्यपत्र प्रस्तोताहरूको मुख्य बुँदाहरू टिपोट गर्न व्यस्त देखिन्थे। महोत्सव समितिका मोदनाथ पश्रित अनि संयोजक केदारमान व्यथितले सबैसित भनिरहेका थिए-आइदिनुभएर हाम्रो उद्देश्य सफल बनाइदिनु भएकोमा धन्यवाद है। आयोजकपक्षका नाइके नरेद्रराज प्रसाईं व्यस्त हुँदा-हुँदै पनि घरिघरि माइक समातेर भनिरहेका थिए-विभिन्न राष्ट्रमा बसोबास गर्ने नेपाली सर्जकहरूलाई भेला गर्न मात्र होइन त्यहॉं भाषासाहित्यको निम्ति भइरहेको कार्य अनि त्यसको विकासको निम्ति उठाइनु पर्ने पहलबारेकोे विमर्श पनि हामीले राखेको अपेक्षा हो। मञ्चमा बोलाएर भारतका इन्द्रबहादुर राई, डा.कुमार प्रधान, सानुमति राई, विन्द्या सुब्बा, मनप्रसाद सुब्बा, नरबहादुर दाहाल, सानु लामा, सुवास दीपक, केदार दुरूङ, सञ्जय वान्तवा, डा.जीवन नाम्दुङ, डा.शान्ति छेत्री, लीलबहादुर छेत्री, दुगार्र्प्रसाद श्रेष्ठ, गोमा शर्मा, गोपालबहादुर नेपाली तथा अन्यलाई देवकोटा शताब्दी महोत्सव सम्मान गर्दै ताम्रपत्र वितरण गर्दा काठमाण्डौका मीडियाले घेरेर दर्शकहरूलाई सो दृश्य हेर्नै नदिएको दृश्य हेर्न लायक बनेको थियो। अचानक गिरिजाप्रसाद कोइरालाको निधनको खबरले सम्पूर्ण नेपाल शोकमग्न बनेपनि आयोजकपक्षले कार्यक्रम सार्न वा स्थगित गर्न नसकेको पीर त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईंले सबैलाई सुनाइन्। यस्तै अवस्थामा बिनाताली अन्तराष्ट्रिय कविगोष्ठी शुरू भएको थियो। गोष्ठीलाई अध्यक्षता गर्दै मञ्चमा बसेकी सानुमति राईले आएका विश्वभरिका कविप्रतिनिधिहरूले सुनाएका कविता चुपचाप सुनिरहेकी थिइन्। कोइरालाको निधनले शोक परेको कारण कविहरूले कविता सुनाउँदा ताली मार्न नपाइने घोषणा गरिँदा दर्शक दिर्घाबाट जगदीश शमशेर राणाले कागती निचोरेपछि मुख नरसाई कसरी रहन्छ? भनिरहेका थिए। कवि मनप्रसाद सुब्बा, तुलसी दिवस, उषा शेरचन अनि मनोज बोगटीले कविता सुनाउँदा प्रतिवन्ध लगाइएपनि श्रोताहरू ताली नबजाइबस्न नसक्दा आयोजकपक्ष निर्वाक बन्न परेको दृश्य पहिले पल्ट देखिएको नेपालका ख्यातिप्राप्त कवि कालिप्रसाद रिजालले जर्मनी कवि मानफ्रेद थ्रोइलाई बताइरहेका थिए। आफ्नो बाजेको देहान्त हुनु अघिल्लो दिन नै होटल द्वारिकामा अभिनेत्री मनिषा कोइरालाले नेपालबाहिरको 12 राष्ट्रबाट आएका सर्जकहरूलाई रात्रीभोजमा निम्त्याएर भनिन्-नेपालमा तपाईंहरूलाई स्वागत। मनिषाकी आमा सुष्माले कलाप्रति छोरीको मोहबारे सबैलाई बताइरहेकी थिइन्। प्रधानमन्त्री माधवकुमार नेपालले बचन दिएर पनि राजनैतिक कारणले कार्यक्रममा आउन सक्नुभएन त्यसैले आज तपाईंहरूलाई उनले दिने भनिएको रात्री भोजलाई हामी बहिष्कार गर्छौं-कार्यक्रमभवनमा टम्म भरिएर बसेका साहित्यकारहरूलाई सम्बोधन गर्दै भोलिपल्ट नरेन्द्र प्रसाईंले यसो भन्दा नेपालबाहिरका सर्जकहरू छक्क परेर उनलाई हेरिरहेका थिए। प्रधान मन्त्रीज्यूको भाषा-साहित्यप्रतिको दृष्टिकोण यसैबाट चिन्न सकिने नेपालका एक साहित्यकारहरूले अतिथिहरूलाई भनिरहेका थिए। अग्नी विमानमा 45 मिनट आकासमार्ग हिँड़ेर भुँइमा झरेपछि ट्याक्सीमा चड़ेर सिलगढ़ी पुग्दा साहित्यकार इन्द्रबहादुर राईले भने-लौ बल्ल आफ्नो थलो आइपुगियो। धन्न बीचमा कुनै आपद् आएन।
सदस्यता लें
संदेश (Atom)